मोरङ–२ मा ३ स्वतन्त्रसहित १३ उम्मेदवार, सुजाता कोइरालाको अवस्था कस्तो ?
मोरङको क्षेत्र नम्बर २ मा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाको उम्मेदवारी परेको छ । यसअघि उक्त क्षेत्रमा काँग्रेसका डाक्टर मिनेन्द्र रिजाल विजयी भएका थिए । कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल रहेका छन् । अघिल्लो पटकको निर्वाचनमा पोखरेल रिजालसँग पराजित भएका हुन् ।
यस्तै सो क्षेत्रबाट राप्रपाका गोपाल दाहाल, नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नारायण प्रसाद गनगाई, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराई, मंगोल नेशनल अर्गनाइजेसनका नारायण विसंखे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्का, नेश्नलिष्ट पिपलस पार्टीका मिना कटुवाल बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठेगेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । यस्तै अन्य तीन जना स्वतन्त्र उम्मेदवारहरु राजकुमार सिवाकोटी, विश्वेश्वर ऋषिदेव र सुनिल कुमार साह पनि चुनावी मैदानमा छन् ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत निम्नानुसार छ ।
एमाले ३१३३०
कांग्रेस २८६१७
माओवादी ७२७१
राप्रपा २०६९
लोसपा ५६६
नेकपा एस १८०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण