मोरङ–४ मा मोदी भर्सेस ढकाल : ६ स्वतन्त्रसहित १६ जना उम्मेदवार

मोरङको–क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट सो क्षेत्रमा एमाले नेता विनोद ढकाल उम्मेदवार बनेका छन् ।
राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बि.पी)बाट अशोक पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेत्रप्रसाद सिवाकोटी दलीय उम्मेदवार बनेका छन् ।
अन्य स्वतन्त्र उम्मेदवारहरुमा राजेन्द्रकुमार खवास, कुवेत मिया, ज्ञानेन्द्र खत्री, पदम कार्की, मशे नेपाल र देवनारायण विश्वास रहेका छन् । अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका मोदी यस पटक पुनः उम्मेदवार बनेका हुन् । सो एमाले र सत्ता गठबन्धन दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा थारु राजवंशी समुदायको बाहुल्य रहेको छ ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ ।
एमाले २५७३०
कांग्रेस २१८९४
माओवादी ९९९०
राप्रपा ४६७४
जसपा ३११२
एस १२५५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई