अन्तर्घातीलाई कारबाही गर्न एमालेले बनायो समिति, पौडेल बने कमाण्डर
नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाएको छ । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्नेछ । एमालेले स्थानीय चुनावबाट पार्टी मुल शक्तिका रुपमास्थापित भएपनि परिणाम अपेक्षा गरे अनुरुप हुन नसकेको ठहर गरेको छ ।
यसको कारण आन्तरिक समस्याहरु रहेको गुरुङको भनाइ छ । अब भने पार्टीभित्र देखापरेका अनुशासनहीनता र अराजकतालाई अन्त्य गरेर पार्टीलाई चुस्त/दुरुस्त बनाएर चुनावमा जाने निर्णय गरेको पनि उनले बताए । उनले असार मसान्तभित्र स्थानीय निर्वाचन समीक्षा गरिसक्ने निर्णय भएको बताए । त्यसका लागि जिल्ला तथा मातहत कमिटीहरुले गरेको आत्मसमीक्षा असार मसान्तभित्र पार्टी हेडक्वार्टरमा उपलब्ध गराउन पनि एमालेले निर्देशन दिएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
-
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


