मिडिया हाउससँगको समन्वय बढाउने एमालेको चुनावी रणनीति
नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि थप रणनीति तय गर्ने भएको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
जसमा यही असारभित्र स्थानीय तहको निर्वाचन समिक्षा गरेर अव हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने भएको हो । त्यसका लागि एमालेले अहिलेबाटै प्रचार संयन्त्र परिचालनको नीति बनाएको छ । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने भएको छ ।
‘केन्द्रीय प्रचार तथा प्रकाशन विभागको कार्ययोजनालाई समेटेर एमाले एपको व्यापक प्रयोग गर्ने, मिडिया हाउससँग समन्वय वृद्धि गर्ने, प्रचार क्षेत्रको काममा संगठन र कार्यकर्ताहरूलाई पूर्णरुपमा परिचालन गर्ने, सामाजिक सञ्जालको प्रयोगमा अत्याधिक ध्यान दिने योजना छ’, प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


