मिडिया हाउससँगको समन्वय बढाउने एमालेको चुनावी रणनीति
नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि थप रणनीति तय गर्ने भएको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
जसमा यही असारभित्र स्थानीय तहको निर्वाचन समिक्षा गरेर अव हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने भएको हो । त्यसका लागि एमालेले अहिलेबाटै प्रचार संयन्त्र परिचालनको नीति बनाएको छ । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने भएको छ ।
‘केन्द्रीय प्रचार तथा प्रकाशन विभागको कार्ययोजनालाई समेटेर एमाले एपको व्यापक प्रयोग गर्ने, मिडिया हाउससँग समन्वय वृद्धि गर्ने, प्रचार क्षेत्रको काममा संगठन र कार्यकर्ताहरूलाई पूर्णरुपमा परिचालन गर्ने, सामाजिक सञ्जालको प्रयोगमा अत्याधिक ध्यान दिने योजना छ’, प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा