शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले गठन गर्‍यो थप तीन विभाग

आइतबार, १९ असार २०७९, १७ : ४८
आइतबार, १९ असार २०७९

नेकपा एमालेले थप तीन विभाग गठन गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भौतिक पुर्वाधार तथा यातायात विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

बैठकले कृषि तथा पशुपन्छी विभाग, वित्त तथा कोष र निर्वाचन विभागलाई विस्तार गरेको छ । आइतबारकै बैठकले अनुसन्धान प्रतिष्ठानले पेश गरेको कार्यविधि र स्थानीय विभागको निर्देशका पास गरेको छ । महँगी मुल्यवृद्धि र मल अभावमा जनपरिचालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप