वामदेवको अभियानले गति लिँदैन : एमाले नेता गुरुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट नेता वामदेव गौतमले चलाएको नेकपा एकता अभियानले गति लिनेमा विश्वास नरहेको बताएका छन् ।
आइतबार केन्द्रीय सचिवालयको बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले गौतम नेतृत्वको अभियानप्रति एमालेलाई विश्वास नरहेको पनि बताए । ‘त्यसले ठुलो प्रभाव पार्ला, गति लेला र राजनीतिको शक्ति सन्तुलनमा प्रभाव पार्ला भन्ने विश्वास नै छैन’, गुरुङको भनाइ छ ।
उनले सत्तारुढ गठबन्धन कायम रहन्छ भन्ने पनि एमालेलाई विश्वास नगरेको बताए । ती पार्टीहरूमा गुटहरु देखापरेको, आफै भित्र विभिन्न गुटहरु विकास भएको उनको भनाइ छ । जनता समाजवादी पार्टी विभाजनमा रहेको भन्दै त्यसले पनि सत्ता गठबन्धन भत्किने सम्भावना रहेको बताए ।
‘गठबन्धन सग्लो रुपमा रहला भन्ने हामीलाई विश्वास छैन तर गठबन्धनले गरेका राष्ट्रविरोधी गतिविधिको हामी भण्डाफोर गर्छौ’, नेता गुरुङको भनाइ छ । उनले नेकपा एमाले अहिले पनि एक नम्बरको पार्टी भएको भन्दै त्यही जगमा टेकेर आगामी निर्वाचनको तयारी गर्ने बताए । उनले नेकपा एकीकृत समाजवादीका केही नेताहरुसँग अनौपचारिक कुराकानी हुने गरेपनि खासै कुनै प्रगति नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
-
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण