एमालेले सातै प्रदेशमा प्रशिक्षण चलाउने, विभागमा तोकियो सचिव
नेकपा एमालेले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि कमाण्डर समेत तोकेको छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल,गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको जानकारी दिए ।
त्यस्तै सदस्यता नवीकरणका लागि प्रदेश कमिटीको संयोजनमा व्यवस्थापन गर्ने गर्ने एमालेले जनाएको छ । आइतबारको बैठकले एमालेका केही विभागहरूमा सचिव तोकेको छ ।
जसमा वित्त तथा कोष विभागको सचिवमा डा. भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा,उपभोक्ता संरक्षण हितमा मोहनी खनाल,श्रम तथा रोजगारमा जनक चौधरी संगठन विभागमा सूर्य पाठक,सामाजिक सेवा विभागमा डा. नेत्रप्रसाद तिमिल्सना,स्वास्थ्यमा राजेश थापा रहेका छन् ।
त्यसैगरी स्थानीयमा हर्क राई,प्रचार तथा प्रकाशनमा गगन विष्ट,परराष्ट्रमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्यमा शिव गुरुङ, ऊर्जामा पुष्पज्योती ढुंगाना,अर्थमा योगेन्द्र शाही र कानुनमा डिल्लीराम मैनालीलाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण