शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसपीपी विवादमा संसदीय समितिमा कडा सवाल जवाफ, भिडियोमा हेर्नुहोस्

शुक्रबार, ०३ असार २०७९

अमेरिकासँग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताका विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार छलफल भएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो । 

छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताए । 

शर्माले उक्त पत्र भूकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् ।  त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको जानकारी दिँदै पछि २ वटा पत्र पनि लेखेको बताए । ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माको भनाइ छ । 

यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताए । उनले भने, ‘एसपीपी नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’  अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको पनि उनले बताए । ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया