
एसपीपीबारे माधवको प्रतिक्रिया -'निदाएको बेला वा ह्विस्की खुवाएर फसाउन सक्छन्'

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए । कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो ? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन नेपालले भने ।
नेपाली सेना कुनै सैनिक गठबन्धनमा सम्लग्न हुन नहुने नेपालको भनाइ छ । कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने बताए । 'मिठो कुरा गरेर ह्विस्की खुवाएर फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ', नेपालले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ