एसपीपीबारे माधवको प्रतिक्रिया -'निदाएको बेला वा ह्विस्की खुवाएर फसाउन सक्छन्'
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए । कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो ? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन नेपालले भने ।
नेपाली सेना कुनै सैनिक गठबन्धनमा सम्लग्न हुन नहुने नेपालको भनाइ छ । कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने बताए । 'मिठो कुरा गरेर ह्विस्की खुवाएर फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ', नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
-
सोनम वाङचुकलाई ककरोच जनता पार्टीको पत्र
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण