सेनाले अमेरिकालाई पत्र लेखेको साँचो हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् । त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको पनि जानकारी दिदै पछि २ वटा पत्र पनि लेखेको बताए । ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माको भनाइ छ ।
तत्कालीन अवस्थामा कुनै सैन्य रणनीतिमा संलग्न नभई पत्र लेखिएको शर्माको भनाइ छ । उनले पछि अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमा जान लागेपछि सरकारलाई एसपीपीबाट फिर्ता हुन सरकारलाई पत्र लेखेको बताए ।
उनले सरकारलाई लेखेको सो पत्र देखाउने पनि बताए । ‘नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुदैन सेना त्यसको विपक्षमा रहेको छ’, उनले एसपीपी कार्यक्रमबाट कुनै हतियार, बमबारूद र पैसा नआएको पनि जनाए । ‘मानवीय सहयोगका लागि ४ वटा जहाज मात्र आएको छ’, शर्माको भनाइ छ ।
अहिले सार्वजनिक भएको १० बुँदे सम्झौता झुटो रहेको र त्यो अहिलेसम्म नआएको भन्दै शर्माले सेनाले जहिले पनि सरकारसँग छलफल गरेर मात्र काम गर्ने गरेको प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव