एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का
शुक्रबार, ०३ असार २०७९, १३ : ०७
परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताको 'च्याप्टर क्लोज' भइसकेको बताएका छन् । शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनिसकेकाले अब एसपीपीको 'च्याप्टर क्लोज' भएको बताएका हुन् ।
उनले भने, 'स्टेट पार्टनरसीप प्रोगाम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।' नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । उनले भने, 'यो नेपालको हितमा छैन । हिजो गृहमन्त्रीले पनि हिजो भनिसक्नु भएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।'
अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको पनि खड्काले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
-
सोनम वाङचुकलाई ककरोच जनता पार्टीको पत्र
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
