एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का
शुक्रबार, ०३ असार २०७९, १३ : ०७

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताको 'च्याप्टर क्लोज' भइसकेको बताएका छन् । शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनिसकेकाले अब एसपीपीको 'च्याप्टर क्लोज' भएको बताएका हुन् ।
उनले भने, 'स्टेट पार्टनरसीप प्रोगाम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।' नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । उनले भने, 'यो नेपालको हितमा छैन । हिजो गृहमन्त्रीले पनि हिजो भनिसक्नु भएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।'
अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको पनि खड्काले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित