ईश्वरको प्रश्न - एसपीपीबारे सरकारलाई सेनाले कहिले सोध्यो ?
नेकपा एमालेका नेता तथा पुर्व रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकालाई पत्र लेख्ने बेला नेपाली सेनाले सरकारलाई कहिले सोध्यो भनेर प्रधान सेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा पोखरेलले अमेरिकालाई सेनालाई पत्र लेख्न रक्षा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको भनिएकोमा प्रश्न गरेका हुन् । ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले सकारात्मक रूपमा लिएको भनिएको छ त्यसबेला को रक्षामन्त्री र प्रधानमन्त्री थिए ?’, पोखरेलको प्रश्न छ । उनले क्रमिक रूपमा कसको के भुमिका थियो त्यो पनि बताउनुपर्ने बताए ।
उनले नेपाली सेनाले विभिन्न देशका सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको भन्दै तर यसलाई कुनै सैन्य गठबन्धन अन्तरगत राखेर अभ्यास हुन लागेको हो कि भन्ने कुराले गम्भीर बनाएको बताए । ‘यदि यस्तो गठबन्धन हुने हो भने स्वीकार्य हुन्न’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण