शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वरको प्रश्न - एसपीपीबारे सरकारलाई सेनाले कहिले सोध्यो ?

शुक्रबार, ०३ असार २०७९, १० : ३६
शुक्रबार, ०३ असार २०७९

नेकपा एमालेका नेता तथा पुर्व रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकालाई पत्र लेख्ने बेला नेपाली सेनाले सरकारलाई कहिले सोध्यो भनेर प्रधान सेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् । 

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा पोखरेलले अमेरिकालाई सेनालाई पत्र लेख्न रक्षा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको भनिएकोमा प्रश्न गरेका हुन् । ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले सकारात्मक रूपमा लिएको भनिएको छ त्यसबेला को रक्षामन्त्री र प्रधानमन्त्री थिए ?’, पोखरेलको प्रश्न छ । उनले क्रमिक रूपमा कसको के भुमिका थियो त्यो पनि बताउनुपर्ने बताए । 

उनले नेपाली सेनाले विभिन्न देशका सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको भन्दै तर यसलाई कुनै सैन्य गठबन्धन अन्तरगत राखेर अभ्यास हुन लागेको हो कि भन्ने कुराले गम्भीर बनाएको बताए । ‘यदि यस्तो गठबन्धन हुने हो भने स्वीकार्य हुन्न’, पोखरेलको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप