ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
हिन्दी फिल्मकी अभिनेत्री ज्याकलिन फर्नान्डिजले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् ।
बीबीसी हिन्दीसँगको कुराकानीमा फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिन फर्नान्डिसलाई धेरै कामका कारण अबुधाबी, नेपाल र फ्रान्स जान आवश्यक रहेको बताए । त्यसमध्येको एउटा कारण हो, आइफा अवार्ड ।
अजित सिंहले बीबीसीलाई भने, ‘वर्तमान मुद्दाको तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै यो निवेदन दायर गरिएको हो । हामीले निवेदकलाई राहदानी फिर्ता दिन पनि माग गरेका छौं ।’
ज्याकलिन फर्नान्डेज भारतकी नभई श्रीलंकाकी नागरिक हुन् र उनी सन् २००९ देखि भारतमा बसेर बलिउडका लागि काम गरिरहेकी छिन् ।
याचिकामा भनिएको छ – हालको मुद्दामा प्रवर्तन निर्देशनालयले दायर गरेको आरोपपत्रमा ज्याकलिनको नाम अभियुक्तको रूपमा दर्ता गरिएको छैन । तैपनि, कुनै खास कारण नदिई, ईडीले निवेदकको राहदानी जफत गर्यो ।
ज्याकलिन चर्चित नायिका भएकाले धेरै कार्यक्रममा सहभागी हुन विदेश जानु पर्नेसमेत उनले बताए ।
ज्याकलिन फर्नान्डिसविरुद्ध मनी लान्ड्रिङको आरोपमा यो मुद्दा दर्ता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
