ज्याकलिन फर्नान्डिसको ७.२३ करोडको सम्पत्ति जफत, लुकआउट नोटिस पनि जारी
२०० करोड भारुको सम्पत्ति शुद्धीकरणको मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले नायिका ज्याकलिन फर्नान्डिसविरुद्ध ठूलो कारवाही गर्दै उनको मुम्बईको ७ करोड २७ लाखको सम्पत्ति जफत गरेको छ । यसअघि ५ डिसेम्बर सन् २०२१ मा देशबाहिर जाने प्रयास गरिरहेकी नायिकालाई मुम्बईको विमानस्थलमा रोकिएको थियो । उनीविरुद्ध इडीले लुकआउट नोटिस जारी गरेको छ ।
नायिकासँग इडीले तीनपटक सोधपुछ पनि गरिसकेको छ । उनीसँग तिहाड जेलमा बन्द सुकेश चन्द्रशेखरसँग उनको सम्बन्धको विषयमा सोधपुछ भएको छ । इडीले नायिकाविरुद्ध थुप्रै प्रमाण पनि भेटेको छ ।
नायिकाको सुकेशसँग नजिकको सम्बन्धः
इडीको स्रोतलाई विश्वास गर्ने हो भने नायिका र ठगीमा संलग्न रहेका सुकेश चन्द्रशेखरबीच नजिकको सम्बन्ध थियो र उनले नायिकामाथि पैसाको खोलो बगाउँथे । चन्द्रशेखरले नायिकालाई सुन र हिराका गहना, आयातित सर–सामान दिएका थिए । यसका साथै, ५२ लाखको एउटा घोडा र ९–९ लाखका चार पर्सियन बिरालो पनि उपहारमा दिएका थिए । ज्याकलिनका लागि सुकेशले थुप्रै चार्टर्ड फ्लाइट बुक गरेका थिए । इडीको स्रोत अनुसार चन्द्रशेखरले नायिकामाथि करिब १० करोड भारु खर्च गरेका थिए ।
होटलमा बसेको खर्च पनि सुकेशले नै तिरेका थिएः
अनुसन्धानमा पाइए अनुसार नायिकाका लागि दिल्लीबाट मुम्बई र त्यसपछि यहाँबाट चेन्नई जाने चार्टर्ड विमान पनि सुकेशले बुक गराएका थिए । ज्याकलिन केही पाँच तारे होटलमा बसेको खर्च पनि सुकेशले नै व्यवहोरेका थिए । इडीले यी दुई तीनपटक भेटेको सटिक जानकारी पाएको छ, यसैका लागि नायिकासँग सोधपुछ गरिँदैछ । यो भेट सुकेश अन्तरिम जमानतमा रिहा भएपछि भएको थियो ।
ज्याकलिनसँग सम्बन्धमा थिए सुकेश !
सुकेशले आफू ज्याकलिनसँग सम्बन्धमा भएको दाबी पनि गरेका छन् । उनको यो दाबीको पुष्टि दुईका केही तस्बिरले गर्छन् । यी तस्बिरमा नायिका र चन्द्रशेखर एक–अर्काका निकै नजिक देखिएका छन् । इडीका अनुसार यो पाँचतारे होटलको हो । यद्यपि, ज्याकलिनले अनुसन्धान एजेन्सीसँग कुनै पनि सम्बन्ध भएको अस्वीकार गरेकी छिन् । अनुसन्धानमा सुकेश तिहाड जेलमा बस्दा पनि उनले नायिकासँग थुप्रै्र पटक फोनमा कुरा गरेको पत्ता लागेको छ । यसको प्रमाण भेटिएपछि इडीको एउटा समूहले तिहाड जेलको भ्रमण पनि गरिसकेको छ ।
ज्याकलिनसँग अर्बौँको सम्पत्ति
ज्याकलिनसँग करोडौँको सम्पत्ति छ । मिडिया रिपोर्टका अनुसार ज्याकलिनसँग करिब १० मिलियन डलरको सम्पत्ति छ । ज्याकलिन एउटा फिल्मका लागि करिब ३ देखि ४ करोड भारु लिने गर्छिन् । एक रिपोर्ट अनुसार सन् २०१९ मा ज्याकलिनको वर्षभरीको आम्दानी ९.५ करोड भारु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनको आगामी १० वर्षमा खुबै काम गर्ने योजनामा छन् आमिर खान
-
हिउँद नलाग्दै सुक्न थाले खोला
-
‘ट्रम्पको पालामा आईपीएस सम्बन्धी सैन्य संरचनामा नेपाललाई सहभागी गराउन प्रयास हुन सक्छ’
-
एक महिनासम्म लगातार दिनको २ वटा केरा खायो भने के हुन्छ ?
-
नक्कली नोटसहित चार जना पक्राउ
-
स्थानीय तह उपनिर्वाचन : प्रमुख राजनीतिक दलले टुंग्याए हेटौँडामा उम्मेदवारी