ज्याकलिनको गोप्य तस्बिर बाहिरियो
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् ।
ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’
उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’
ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण