आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याकलिनको गोप्य तस्बिर बाहिरियो

आइतबार, २५ पुस २०७८, १० : ३७
आइतबार, २५ पुस २०७८

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् । 

ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’

उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’

ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप