ठगीको आरोपमा फसेका सुकेशले नायिका ज्याकलिनलाई ७ करोड बढीको उपहार दिएको खुलासा
भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै २०० करोड भारुको मनी लन्ड्रिङ मामिलामा आफ्नो उजुरी दर्ता गरेको छ जसमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको विषयमा ठूलो खुलासा भएको छ । उजुरीका अनुसार आरोपी सुकेश चन्द्रशेखरले ज्याकलिनलाई करोडौं भारु पर्ने उपहार दिएका थिए जसमा गुचीको ब्याग, गरगहना, महँगा कपडा, १५ जोडी कानका मुन्द्रा, ५ बिरकिन ब्याग, च्यानल र वाईएसएलको ब्याग, महँगा जुत्ता, सुपर लग्जरी ब्रान्डको ब्रासलेट, चुरा, रोलेक्सजस्ता महँगा घडी समावेश छन् ।
सुकेशले ज्याकलिन फर्नान्डिसलाई फ्रेन्क मुलर राजेर डबियसको घडी उपहारमा दिएका थिए । साथै उनले, यी सबै उपहारको मूल्य ७ करोड भारु भएको पनि बताए ।
यस्तै सुकेशले ज्याकलिनकी बहिनी जेनीलाई पनि सेतो रङको बीएमडब्ल्यू एक्स फाइभ सिरिज उपहारस्वरुप दिएका थिए जसको मूल्य १ करोड ८० लाख भारु हो । यो कार दिपक रमानीमार्फत् जेनीलाई दिइएको थियो ।
यतिमात्रै होइन सुकेश चन्द्रशेखरले ज्याकलिनमा आमा–बुवाका लागि मसरेती र पोरचे कार बहराइनमा उपलब्ध गराएका थिए । यसका साथै, ज्याकलिनका भाइलाई उनले ५० हजार अमेरिकी डलर अष्ट्रेलियामा प्रदान गरेका थिए । यसका साथै सुकेशले मिनी कुरपदेखि हिराका औंठीसमेत गरी ज्याकलिनलाई थुप्रै उपहार दिएका थिए ।
उता ज्याकलिनले पनि आफ्नो बयानमा आफूलाई सुकेशले थुप्रै उपहार दिएको जसमा गुची, च्यानलका तीनवटा डिजाइनर ब्याग, जिममा लगाउनका लागि दुईवटा गुचीको पोशाक, लुई भिटनका जुत्ता, दुई जोर हिराको झुम्का, पत्थरले बनेका चुरा र हेमिजका दुईवटा चुरा समावेश भएको बताइन् ।
अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफ्नो बयानमा उनले चन्द्रशेखरलाई शेखर रत्न वेलाको रुपमा चिन्ने गरेको र उनले आफूलाई सन टिभीको मालिकको रुपमा चिनाएको बताइन् । सुकेशले यूएसएमा ज्याकलिनकी बहिनी गेराल्डिन फर्नान्डिजलाई १ लाख ५० हजार अमेरिकी डलर उधारो स्वरुप दिएको पनि बताइन् ।
ज्याकलिनले आफ्नो बयानमा सुकेशले यो ठूलो रकम अनलाइनमार्फत् ट्रान्सफर गरेको बताइन् । सुकेशले अष्ट्रेलियामा ज्याकलिनका भाइ वारेन फर्नान्डिजको बैंकको खातामा १५ लाख पठाएका थिए । ज्याकलिनले बताए अनुसार सुकेश चन्द्रशेखरले सुरेश टपोरियामार्फत् ‘एस्पुएला’ नामक एउटा घोडा पनि खरिद गरिदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण