बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आलिशान घर, विलासी कार, नीजि टापुकी मालिक हुन् ज्याकलिन : फिल्म कम तर सम्पत्ति अत्यधिक

मङ्गलबार, २१ मङ्सिर २०७८, ११ : ३९
मङ्गलबार, २१ मङ्सिर २०७८

ज्याकलिन फर्नान्डिस मनी लन्ड्रिङ मुद्दाका कारण चर्चामा छाएकी छिन् । ज्याकलिनलाई इडीले १० डिसेम्बरका लागि सोधपुछका लागि बोलाएको छ । उनलाई सुकेश चन्द्रशेखर र अन्यविरुद्ध आपराधिक षड्यन्त्र धोका र करिब २ सय करोड भारुको जबर्जस्ती असुलीको मामिलामा सोधपुछ हुँदैछ । खबरलाई विश्वास गर्ने हो भने ज्याकलिन र सुकेश एक अर्काका नजिक मानिन्छन् । सुकेशले ज्याकलिनलाई थुप्रै महँगा वस्तु उपहारस्वरुप दिएका छन् । वास्तवमा ज्याकलिनको सम्पत्तिबारे त्यतिबेला चर्चा सुरु भएको थियो जब उनको नाम सुकेश चन्द्रशेखरसँग जोडियो । ज्याकलिनको फिल्मी करियरलाई नियाल्ने हो भने उनले सोलो हिटको नाममा केही थोरै मात्रै फिल्ममा अभिनय गरेकी छिन् तर उनको सम्पत्ति करोडौंमा छ ।

करोडौंकी मालिक हुन् ज्याकलिनः

ज्याकलिन पछिल्लो १२ वर्षदेखि फिल्ममा काम गरिरहेकी छिन् । उनीसँग करोडौंको सम्पत्ति छ । मिडिया रिपोर्ट अनुसार ज्याकलिनसँग करिब १० मिलियन डलरको सम्पत्ति छ । ज्याकलिन एउटा फिल्मका लागि ३ देखि ४ करोड भारु पारिश्रमिक लिन्छिन् । सन् २०१९ को फोर्ब्स इन्डियाले ज्याकलिनको वार्षिक आम्दानी ९.५ करोड बताएको थियो । रोचक कुरा के हो भने त्यसवर्ष नेटफ्लिक्स फिल्म ड्राइभबाहेक उनका कुनै पनि फिल्म रिलिज भएका थिएनन् ।

यसै वर्ष किनिन् नयाँ घरः

यसै वर्ष जनवरीमा ज्याकलिनले मुम्बईमा आफ्ना लागि नयाँ घर खरिद गरेकी थिइन् । यसको मूल्य करोडौंमा भएको बताइन्छ । नायिका पहिला प्रियंका चोपडाको घरमा भाडामा बस्थिन् । भाडा स्वरुप उनले लाखौं भारु प्रियंकालाई बुझाउँथिन् । तर खबरलाई विश्वास गर्ने हो भने ज्याकलिन अब आफ्नो नयाँ घरमा सरिसकेकी छिन् । उनीसँग ठूल्ठूला गाडी, घर छन् ।

रेष्टुरेन्ट व्यवसाय पनि चलाउँछिन्ः

ज्याकलिनसँग १० ठूला ब्रान्डका विज्ञापन पनि छ । यसमा साबुन, स्न्यापडिल, वेगा, नोवा, कलरबार, क्यासियो, लोटस, डुल्स, वेन ह्युजन र एचटीसी वान समावेश छ । यसबाहेक ज्याकलिनसँग विलासी कारको कलेक्सन पनि छ । ज्याकलिनको आफ्नो जन्मथलो श्रीलङ्काको दक्षिणी तटमा एउटा द्वीप पनि छ । ज्याकलिन आफ्नो रेष्टुरेन्ट बिजनेस पनि चलाउँछिन् । ज्याकलिनको श्रीलङ्काको कोलोम्बोमा एउटा रेष्टुरेन्ट पनि छ ।

मिस युनिभर्स श्रीलङ्का भइसकेकी ज्याकलिन फिल्ममा आउनुअघि टिभी रिपोर्टरको रुपमा काम गर्थिन् । उनले सिड्नी युनिभर्सिटीमा आमसञ्चार विषय पढेकी छिन् । ज्याकलिनले सन् २००९ मा फिल्म अलादिनबाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी मर्डर २, हाउसफुल टु, रेस टु, किक र फ्लाइङ जटजस्ता फिल्ममा देखिइन् । यसबाहेक ज्याकलिनले रियालिटी शो झलक दिखला जा सिजन ९ मा निर्णायकको भूमिका पनि निभाएकी थिइन् ।

बहराइनकाक राजकुमारलाई गर्थिन् डेटः

ज्याकलिनको नीजि जीवनको कुरा गर्ने हो भने उनी बहराइनका राजकुमार हसन बिन राशिद अली खलिफालाई डेट गर्थिन् । हसनसँग उनको भेट एक साथीमार्फत् पार्टीमा भएको थियो । जब ज्याकलिनले्् सन् २०११ मा फिल्म हाउसफुल पाइन् तब उनीहरुको सम्बन्ध टुट्यो । त्यसपछि ज्याकलिनको नाम साजिद खानसँग जोडियो । सन् २०१३ मा साजिद र ज्याकलिनको ब्रेकअप भयो । एक रोमान्टिक तस्बिर भाइरल भएपछि ज्याकलिनको नाम सुकेश चन्द्रशेखरसँग जोडियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप