रातोपाटी ब्रिफिङ : जसपामा फेरि लफडा, एमसीसीपछि बीआरआईको चर्चा
आज मिति २०७८ साल चैत महिनाको १ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
१. नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।
२. जसपाभित्र महिन्द्रराय यादवको नेतृत्वमा पूर्वराजपाका नेताहरु संगठित
जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रहेका पूर्वराष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरु संगठित भएका छन् । जसअनुसार जसपामा पूर्वराजपाको तर्फबाट महिन्द्रराय यादव नेतृत्व गरेका छन् । यादव जसपामा पूर्वराजपाभित्रका सिनियर नेता भएको कारण उनलाई अगुवाई गर्न दिएको बताइएको छ ।
३. संसद् अधिवेशन अन्त्य
प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया लम्बिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि स्वतः अधिवेशन अन्त्य हुनेछ । योसँगै संसदमा प्रवेश गरेको प्रधानन्यायाधीश विरुद्धको महाभियोगको प्रस्ताव प्रक्रिया लम्बिने भएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले भने महाभियोग प्रस्तावको एक चरण सकिएको बताए ।
४. म्यादी प्रहरीमा भर्ना खुल्यो
स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।
५. एमालेले पुरानै तरिकाबाट उम्मेदवार छान्ने
नेकपा एमालेले स्थानीय तहका उम्मेदवारहरू छनोट गर्ने विधि निश्चित गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा मंगलबार बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि निश्चित गरेको हो । केन्द्रीय सचिवालयको बैठकले ०७४ सालकै विधिबाट स्थानीय तहका उम्मदेवारहरुको छान्ने निर्णय गरेको हो । कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने मापदण्डचाहिँ यसै साता बस्ने केन्द्रीय कमिटीको बैठकले तय गर्ने बैठकमा सहभागी नेताले जानकारी दिए
६. ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।
७. नफल्ने धानको बिउ बेच्ने कम्पनीलाई कृषि मन्त्रालयले कारबाही गर्न सकेन
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कालीमाटीमा रहेको काष्ठमण्डल ट्रेड प्वाइन्टलाई कारबाही गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहयोग मागेको छ । काष्ठमण्डलले सिफारिस नै नगरिएको ठाउँमा चिनियाँ कम्पनीको ‘डीवाइ २८’ जातको धानको बिउ बेचेको थियो । किसानलाई क्षतिपूर्ति दिनुको साटो कानूनअनुसार सजाय भोग्ने बताएपछि कृषि मन्त्रालय उद्योग मन्त्रालयलाई गुहारेको हो ।
८. नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर
नेपाली काँग्रेसले एमसीसी सम्झौताको प्रकृयामा एमाले सहभागी भएको र बाहिर राष्ट्रघाती भन्दै भ्रम छर्ने काम गरेको टिप्पणी गरेको छ । एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ नाममा पुस्तक प्रकाशन गरेर एमसीसीबारे देखिएको भ्रम चिर्न खोजेको काँग्रेसले ३० वटा भ्रम र यथार्थलाई पुस्तकमा उतारेको छ ।
९. एमसीसी अघि बढाएको नेपालले बीआरआईबारे के गर्ला ?
चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चैत दोस्रो साता नेपाल भ्रमणमा आउने पक्कापक्की भएको छ । नेपाल मामिलालाई लिएर फागुन पहिलो साता अमेरिकासँग वाकयुद्धमा उत्रिएको बेइजिङले एमसीसी सम्झौता अनुमोदन भएको एक महिना नपुग्दै विदेशमन्त्रीलाई काठमाडौं पठाउन लागेको हो ।
१०. होली सुरक्षा योजना
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाएको थियो । संक्रमण दर घटेसँगै यसवर्ष सरकारले ‘होली नखेल्नु’ भनेको छैन । प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा