शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संघीय संसदका दुवै सदनका चालु अधिवेशन अन्त्य (सूचनासहित)

मङ्गलबार, ०१ चैत २०७८, २० : १३
मङ्गलबार, ०१ चैत २०७८

संघीय संसदका दुबै सदनका चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै अधिवेशन अन्त्य गरेकी हुन् । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार सुचना जारी गर्दै नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् । गत फागुन २९ गते बसेको बैठकमा सभामुख अग्नि सापकोटाले चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेका थिए ।

राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै गत माघ १६ गते स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप