संघीय संसदका दुवै सदनका चालु अधिवेशन अन्त्य (सूचनासहित)
मङ्गलबार, ०१ चैत २०७८, २० : १३
संघीय संसदका दुबै सदनका चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार सुचना जारी गर्दै नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् । गत फागुन २९ गते बसेको बैठकमा सभामुख अग्नि सापकोटाले चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेका थिए ।
राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै गत माघ १६ गते स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण