शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकामा २०७४ सालको स्थानीय तहमा यस्तो थियो मत परिणाम

काँग्रेस–एमालेको टक्करमा माओवादीको पनि उपस्थिति
बिहीबार, २७ माघ २०७८, ०९ : ४१
बिहीबार, २७ माघ २०७८

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट महानगर प्रमुखमा चिरीबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत, माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए । 

यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार शोभा शाक्यले १४ हजार २ सय २० मत पाएकी थिइन् । यस्तै माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९ सय ७९ मत ल्याएकी थिइन् । राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५ सय ४० मत ल्याएका थिए । 

ललितपुर महानगरमा रहेका २९ वडा मध्ये एमालेले सर्वाधिक १४ वडामा जीत हासिल गरेको थियो । दोस्रोमा काँग्रेसले १० वडा जित्दा माओवादीले पनि ४ वडा जितेको थियो । एक जना स्वतन्त्र उम्मेदवार विजयी बने ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो : 

वडा नं. १ : 
वडा अध्यक्ष निर्वाचित काँग्रेसका निर्मल तण्डुकार : ६ सय ९२ मत 
एमालेका रमेश महर्जन : ५ सय ३० मत
माओवादी केन्द्रका अर्जुन तण्डुकार : २ सय ८१ मत
राप्रपाका राजु नगरकोटी : ४२ मत 

वडा नंं. २ : 

एमालेका राजेश कुमार महर्जन विजयी : १८ सय ३८ मत

काँग्रेसका पवन विष्ट : ७ सय २६ मत

माओवादी केन्द्रका दिनेश महर्जन : ५ सय ८४

नयाँ शक्ति पार्टीका मृगेन्द्र भट्टराई : ३७ 

 

वडा नंं. ३ : 

एमालेका श्रीगोपाल महर्जन विजयी : १७ सय ६ मत

काँग्रेसका अर्जुन गुरुङ : ५ सय २६ मत

माओवादी केन्द्रका सूर्यमान महर्जन : ४ सय ६० मत 

राप्रपाका हेमन्त प्रकाश धिताल : १ सय ५१ मत

वडा नं. ४ : 

एमालेका नारायण केसी ११ सय ७३ मत ल्याएर विजयी 

काँग्रेसका भक्त राज राजकर्णिकार : ८ सय ७२ मत

स्वतन्त्र उम्मेदवार राजन खड्का : २ सय ३५ मत

माओवादी केन्द्रका राजकुमार श्रेष्ठ : १ सय ९९ मत

राप्रपाका विनीता रिमाल : ७४ मत 

वडा नं. ५ : 

एमालेका विकाशमान श्रेष्ठ ६ सय ४३ मत ल्याएर विजयी

काँग्रेसका सानुलाल श्रेष्ठ : ४ सय ६२ मत

स्वतन्त्र उम्मेदवार पवन कुमार रानामगर : २ सय १४ मत

राप्रपाका केशव खड्का : १ सय २९ मत

माओवादी केन्द्रका अनिल कुमार श्रेष्ठ : ७० मत 

वडा नं. ६ : 

काँग्रेसका हिटलर शाक्य ११ सय ४८ मत ल्याएर विजयी 

एमालेका पूर्ण मान शाक्य : ७ सय मत 

माओवादी केन्द्रका धनलाल महर्जन : १ सय ९७ मत

वडा नं. ७ : 

काँग्रेसका कुल बहादुर गुरुङ १८ सय ५८ मत ल्याएर विजयी 

एमालेका पूर्ण महर्जन : ६ सय ५५ मत

माओवादी केन्द्रका राजेन्द्र महर्जन : २ सय ७२ मत 

राप्रपाका चिरीकाजी महर्जन : ३१ मत 

वडा नं. ८ : 

काँग्रेसका हेम महर्जन १३ सय ३४ मत ल्याएर विजयी 

एमालेका सानु काजी महर्जन : १२ सय १३ मत

माओवादी केन्द्रका चन्द्रबहादुर महर्जन : ४ सय ४७ मत 

राप्रपाका रवीन महर्जन : २ सय २३ मत 

वडा नं. ९ : 

काँग्रेसका राजु महर्जन १७०० मत ल्याएर निर्वाचित

एमालेका श्याम व्यन्जनकार १४ सय १२ मत

माओवादी केन्द्रका श्याम कृष्ण महर्जन : ४ सय ३९ मत 

राप्रपाका रत्न व्यन्जनकार : १ सय ५३ मत 

वडा नं. १० : 

यो वडामा स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार ६ सय ९१ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका कर्मलाल व्यञ्जनकार : ५ सय ९४ मत

एमालेका कुल बहादुर आर्चाय : १ सय ८७ मत

माओवादी केन्द्रका अमर बहादुर कार्की : ६५ मत 

वडा नं. ११ :

यो वडामा एमालेका इन्द्रमान महर्जन १ हजार ३३ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका सुवेन्द्र खड्गी : ६ सय ८२ मत

माओवादी केन्द्रका अरोज कुमार खड्गी : ६ सय ८२ मत 

नयाँ शक्ति पार्टीका भीम महर्जन : १ सय ४९ मत 

वडा नं. १२ : 

यो वडामा एमालेका नारायण लाल अवाले १५ सय २९ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका रविन जोशी : ९ सय ८५ मत

स्वतन्त्र शरण शाक्य : ६ सय ८१ मत

माओवादी केन्द्रका मनोज कुमार महर्जन : ६ सय ५० मत 

राप्रपाका मनिष महर्जन : १ सय २७ मत 

वडा नं. १३ : 

यो वडामा काँग्रेसका गणेश के.सी ८ सय ७८ मत ल्याएर विजयी 

एमालेका राजु वोगटी : ७ सय ४२ मत

माओवादी केन्द्रका नारायण बहादुर खत्री : ३ सय १० मत 

स्वतन्त्र विष्णुहरी खड्का : १ सय ६९ मत 

राप्रपाका लछुकुमार थापा : १ सय ४८ मत 

वडा नं. १४ : 

यो वडामा काँग्रेसका रामबावु महत ११ सय १४ मत ल्याएर विजयी भएका थिए । 

एमालेका नीरज राई : १ हजार ४४ मत 

माओवादी केन्द्रका भीम बहादुर लिम्बु : ६ सय ५१ मत

स्वतन्त्र रमेश कुमार बस्नेत : २ सय ८५ मत 

राप्रपाका कवीर सुब्बा : १ सय ३५ मत 

वडा नं. १५ : 

यो वडामा एमालेका सुदर्शन मिश्र ९ सय ५५ मत ल्याएर निर्वाचित भएका थिए । 

काँग्रेसका मनिराज विष्ट : ९ सय ९ मत

माओवादी केन्द्रका सुरेश बहादुर शाही : ७ सय ९१ मत

राप्रपाका सन्दीप खत्री : १ सय ३२ मत 

नयाँ शक्ति पार्टीका प्रेम बहादुर क्षेत्री : ७१ मत 

वडा नं. १६ : 

यो वडामा काँग्रेसका निर्मल रत्न शाक्य १८ सय ४४ मत ल्याएर निर्वाचित भएका थिए । 

माओवादी केन्द्रका राजेन्द्र शाक्य : १४ सय २६ मत 

एमालेका चिरिकाजी महर्जन : १३ सय ४४ मत 

स्वतन्त्र अशोक श्रेष्ठ : ५ सय ८ मत 

नयाँ शक्ति नेपालका रिनोज डंगोल : ७१ मत 

वडा नं. १७ : 

यो वडामा एमालेका विनोद महर्जन ६ सय ९२ मत पाएर विजयी भएका थिए । 

काँग्रेसका तीर्थ महर्जन : ५ सय ३७ मत 

माओवादी केन्द्रका भाई काजी महर्जन : ५ सय ३१ मत 

राप्रपाका केशव बहादुर श्रेष्ठ : ३ सय ७८ मत 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका राकेश पोडे : २८ मत 

वडा नं. १८ : 

यो वडामा एमालेका पुरुषोत्तम खड्का ८ सय ५० मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका महेश खड्का : ४ सय ३३ मत

स्वतन्त्र वीरेन्द्र थापा : ३ सय ३ मत 

माओवादी केन्द्रका विसु राम थापा : २ सय १५ मत 

राप्रपाका नारायण थापा : १ सय ३७ मत 

वडा नं. १९ : 

यो वडामा एमालेका विनोद ताम्राकार १२ सय १५ मत ल्याएर निर्वाचित भएका थिए । 

काँग्रेसका उद्धव श्रेष्ठ : ६ सय ४ मत 

माओवादी केन्द्रका प्रकाश खत्री : ३ सय ६० मत

राप्रपाका शिवरत्न खत्री : ४५ मत 

वडा नं. २० : 

यो वडामा काँग्रेसका चन्द्रलाल महर्जन १२ सय ४७ मत ल्याएर निर्वाचित भएका थिए । 

माओवादी केन्द्रका किरण महर्जन : ८ सय ४७ मत 

एमालेका अशोक महर्जन : ८ सय २४ मत 

स्वतन्त्र समिन राज शाक्य : ३ सय ७३ मत

नयाँ शक्ति पार्टीका हेरा रत्न शाक्य : २ सय ५२ मत

राप्रपाका श्याम गोपाल डंगोल : १ सय ७ मत 

वडा नं. २१ : 

यो वडामा माओवादी केन्द्रका रवीन्द्र महर्जन ११ सय ९९ मत ल्याएर विजयी भएका थिए । 

एमालेका मदन कृष्ण डंगोल : ९ सय ४० मत

काँग्रेसका बेखामुनी महर्जन : ७ सय २२ मत

संघीय समाजवादी फोरमका कर्म महर्जन : ७८ मत 

वडा नं. २२ : 

यो वडामा माओवादी केन्द्रका अम्बिरराज शाक्य १२ सय ७२ मत ल्याएर विजयी भएका थिए । 

एमालेका प्रेम भक्त महर्जन : १२ सय ७० मत

काँग्रेसका तीलक मान शाक्य : ६ सय ६९ मत

राप्रपाका सुरेश तुलाधर : १ सय ५५ मत 

स्वतन्त्र निरज लवट : १३ मत 

वडा नं. २३

यो वडामा एमालेका भूयुकाजी महर्जन ९ सय ५० मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका नेत्र कुमारी अर्याल : ३ सय ३५ मत 

माओवादी केन्द्रका राजेश महर्जन : ३ सय १ मत 

नयाँ शक्ति पार्टी नेपालका सञ्जय बस्नेत : ६९ मत 

स्वतन्त्र रामबहादुर खड्का : ३० मत 

वडा नं. २४ : 

यो वडामा एमालेका दिनेश कार्की १४ सय २१ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका सुदर्शन घिमिरे : ७ सय २ मत

माओवादी केन्द्रका मदन खत्री : २ सय ५५ मत 

राप्रपाका विनोद प्रसाद घिमिरे : २ सय ६ मत

मुस्कान सेना नेपालका विजय श्रेष्ठ : ३४ मत 

वडा नं. २५ :

यो वडामा एमालेका विष्णुकुमार कार्की १ हजार ८ मत ल्याएर निर्वाचित भएका थिए । 

काँग्रेसका राजेन्द्र केसी : ९ सय ४७ मत

राप्रपाका रमण कुमार शाही : १ सय ४२ मत

माओवादी केन्द्रका रवि विष्ट : १ सय २६ मत

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मनोज महर्जन : ५२ मत 

स्वतन्त्र देवी कुमार गौतम : १४ मत 

वडा नं. २६ : 

यो वडामा माओवादी केन्द्रका सुरेश महर्जन ५ सय ६२ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेसका पूर्ण डंगोल :  ५ सय ३२ मत 

राप्रपाका रामहरी महत : ३ सय ६० मत

एमालेका कुमार थापा : २ सय ७५ मत 

वडा नं. २७ : 

यो वडामा काँग्रेसका बाबुराजा महर्जन ६ सय ४ मत ल्याएर विजयी भएका थिए । 

माओवादी केन्द्रका हरिभक्त डंगोल : ५ सय ७७ मत 

एमालेका मुकेश महर्जन : ४ सय ३७ मत

राप्रपाका विजय कुमार महर्जन : ३ सय ४६ मत 

वडा नं. २८ : 

यो वडामा माओवादी केन्द्रका राजेश महर्जन ६ सय ४० मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका किशोर महर्जन : ५ सय ९० मत

एमालेका चेन महर्जन : ५ सय ७५ मत 

स्वतन्त्र बाबुकाजी महर्जन : २ सय ४६ मत 

राप्रपाका सविन्द्र महर्जन : १ सय १ मत 

नयाँ शक्ति नेपालका राजु विष्ट : २० मत 

वडा नं. २९ : 

यो वडामा एमालेका गणेश कुमार महर्जन ५ सय ११ मत ल्याएर विजयी भएका थिए । 

काँग्रेसका अमृत बहादुर महर्जन : ४ सय ३६ मत 

माओवादी केन्द्रका रामगोपाल महर्जन : २ सय ३८ मत 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप