बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२०७४ लाई फर्केर हेर्दा : काठमाडौँ महानगरमा वैकल्पिक पार्टीको उदय, कुन पार्टीको अवस्था कस्तो ?

मङ्गलबार, २५ माघ २०७८, १५ : ०२
मङ्गलबार, २५ माघ २०७८

सरकारले सोमबार आगामी वैशाख ३० गते एकैचरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणासँगै चुनावी चियोचर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचन केन्द्रित गतिविधिमा जुट्न सुरु गरिसकेका छन् ।

रातोपाटीले यसअघि २०७४ को स्थानीय निर्वाचनमा वटा महानगर११ वटा उपमहानगरमा कुन दलको अवस्था कस्तो थियो भने विश्लेषण गरिसकेको छ । आज यहाँ काठमाडौँ महानगरमा मात्र कुन दलको अवस्था कस्तो थियो भनेर चर्चा गरिएको छ ।

कूल ३२ वडा रहेको काठमाडौँ महानगरमा पहिलो चरण अन्तरगत निर्वाचन भएको थियो । महानगरको प्रमुख पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले बाजी मारेका थिए । प्रमुख र उपप्रमुख पदमा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । काठमाडौँ महानगरमा वैकल्पिक पार्टीका रूपमा उदाएका विवेकशील नेपाली र साझा पार्टीले राम्रो प्रदर्शन गरेको थियो । विवेकशील साझाकी रञ्जु दर्शनाले तेस्रो लोकप्रिय मत ल्याएकी थिइन् भने स्वतन्त्रबाट किशोर थापाले चौथो धेरै मत ल्याउन सफल भएका थिए । नेकपा माओवादी केन्द्र पाँचौँ स्थानमा सीमित बनेको थियो ।


प्रमुख पदमा यस्तो थियो चुनावी नतिजा

१. विद्यासुन्दर शाक्य, नेकपा एमाले, ६४,९१३

२. राजु राज जोशी, नेपाली काँग्रेस, ४५,२६९

३. रञ्जु न्यौपाने (दर्शना), विवेकशील नेपाली, २३,४३९

४. किशोर थापा, स्वतन्त्र, १८,४९६

५. सर्वोत्तम डंगोल, नेकपा (माओवादी केन्द्र), ७९०६

एमालेले प्रमुख पद जित्दै गर्दा उपप्रमुखमा भने चुनावी तालमेल गरेको राप्रपाका राजराम श्रेष्ठ पराजित हुन पुगेका थिए । उनलाई नेपाली काँग्रेसकी हरिप्रभा खड्की विजयी भएकी थिइन् । 

उपप्रमुख पदमा यस्तो थियो चुनावी नतिजा

१. हरिप्रभा खड्गी, नेपाली काँग्रेस, ५८,९५२

२. राजाराम श्रेष्ठ, राप्रपा, ३४,८५४

३. निरुपमा यादव, स्वतन्त्र, ११,५३३

४. सुशीलाकुमारी पौडेल, नेकपा (माओवादी केन्द्र) १०,४४८ मत

५. सविना अर्याल, नयाँ शक्ति पार्टी, ३,४९३

वडाको अवस्थाः

काठमाडौँ महानगरमा ३२ वडा रहेका छन् । प्रमुख पदमा जस्तै सबै वडाहरूमा एमाले भर्सेस काँग्रेसको अवस्था देखिएको थियो । एमालेले १८ तथा नेपाली काँग्रेसले १४ वडामा वडाध्यक्ष जित्न सफल भएको निर्वाचन आयोगले जनाएको छ । हेर्नुहोस् कुन वडामा को विजयी बनेः

वडा नम्बर १

१. भरतलाल श्रेष्ठ, नेकपा एमाले, १०३५ मत

२. भोला थापा, नेपाली काँग्रेस, ६३९ मत

वडा नम्बर २

१. राजेन्द्रकुमार श्रेष्ठ, नेकपा एमाले, १८४० मत

२. प्रमोद राज शर्मा, नेपाली काँग्रेस, ६८४ मत

वडा नम्बर ३

१. दीपक केसी, नेकपा एमाले, ३०६२ मत

२. विदुर कार्की, नेपाली काँग्रेस, १५४१ मत

वडा नम्बर ४

१. मोहन बहादुर विष्ट, नेकपा एमाले, ३८१३ मत

२. अनिस राम शर्मा, नेपाली काँग्रेस, ३४८० मत

वडा नम्बर ५

१. रमेश ढंगोल, नेपाली काँग्रेस, १६८० मत

२. गणेश श्रेष्ठ, नेकपा एमाले, १६७५ मत

वडा नम्बर ६

१. दिपेन्द्र लामा, नेपाली काँग्रेस, ३६१५ मत

२. भुम्वो छेवाङ लामा, नेकपा एमाले, ३००६ मत

वडा नम्बर ७

१. शुद्ध कुमार ढंगोल, नेकपा एमाले, ३७२४ मत

२. प्रवेश लामिछाने, नेपाली काँग्रेस, ३२२२ मत

वडा नम्बर ८

१. दिनेश कुमार डंगोल, नेपाली काँग्रेस, १६३६ मत

२. कृष्णमान श्रेष्ठ, नेकपा एमाले, ११९६ मत

वडा नम्बर ९

१. रामकृष्ण जयखु श्रेष्ठ, नेकपा एमाले, २५१७ मत

२. सुनिल गौतम, नेपाली काँग्रेस, २१५६ मत

वडा नम्बर १०

१. रामकुमार केसी, नेपाली काँग्रेस, २७०१ मत

२. श्यामलाल तण्डुकार, नेकपा एमाले, २५०२ मत

वडा नम्बर ११

१. हिरालाल तण्डुकार, नेपाली काँग्रेस, ११८० मत

२. योगेन्द्रमान श्रेष्ठ, नेकपा एमाले, ८७२ मत

वडा नम्बर १२

१. विकास डंगोल, नेकपा एमाले, १६७० मत

२. बाल कृष्ण महर्जन, नेपाली काँग्रेस, १५९० मत

वडा नम्बर १३

१. ध्रुव नारायण मानन्धर, नेकपा एमाले, ३०६४ मत

२. सुरेन्द्र मानन्धर, नेपाली काँग्रेस, १९३६ मत

वडा नम्बर १४

१. शोभा सापकोटा, नेकपा एमाले, ३८०७ मत

२. महेन्द्र थापा, नेपाली काँग्रेस, १३१३ मत

वडा नम्बर १५

१. ईश्वरमान डंगोल, नेकपा एमाले, ४९०५ मत

२. राजु खरेल, नेपाली काँग्रेस, २२०२ मत

वडा नम्बर १६

१. मुकुन्द रिजाल, नेपाली काँग्रेस, ४३९९ मत

२. विश्वराम सापकोटा, नेकपा एमाले, ४३३० मत

वडा नम्बर १७

१. नविन मानन्धर, नेपाली काँग्रेस, २२७६ मत

२. गोपाल प्रसाद माली, नेकपा एमाले, १७७७ मत

वडा नम्बर १८

१. न्हुछेकाजी महर्जन, नेकपा एमाले, १०५६ मत

२. राजन महर्जन, नेपाली काँग्रेस, १०५६ मत

वडा नम्बर १९

१. शशि लाल श्रेष्ठ, नेपाली काँग्रेस, १८९९ मत

२. आनन्दबहादुर शाही, नेकपा एमाले, ८२१ मत

वडा नम्बर २०

१. राजेन्द्र मानन्धर, नेपाली काँग्रेस, ८६७ मत

२. विजय कृष्ण श्रेष्ठ, नेकपा एमाले, ८४९ मत

वडा नम्बर २१

१. उदय चुडामणि बज्राचार्य, नेकपा एमाले, २६५७ मत

२. गोविन्द रञ्जित, नेपाली काँग्रेस, ८३० मत

वडा नम्बर २२

१. चिनीकाजी महर्जन, नेकपा एमाले, १६५७ मत

२. शालिग्राम तन्डुकार, नेपाली काँग्रेस, १६४९ मत

वडा नम्बर २३

१. मचा राजा महर्जन, नेकपा एमाले, ११९८ मत

२. लक्ष्मण नारायण मानन्धर, नेपाली काँग्रेस, ८८० मत

वडा नम्बर २४

१. बाल कृष्ण श्रेष्ठ, नेकपा एमाले, १४५२ मत

२. विनोदकुमार राजभण्डारी, नेपाली काँग्रेस, ९१४ मत

वडा नम्बर २५

१. निलकाजी शाक्य, नेपाली काँग्रेस, १५२५ मत

२. बाबुराजा महर्जन, नेकपा एमाले, १४९० मत

वडा नम्बर २६

१. ख्याम राज तिवारी, नेपाली काँग्रेस, २०९७ मत

२. देवेन्द्र प्रसाद रिमाल, नेकपा एमाले, १८७३ मत

वडा नम्बर २७

१. चिनिया मान बज्राचार्य, नेकपा एमाले, १५६८ मत

२. यागेश कुमार खड्गी, नेपाली काँग्रेस, १३५८ मत

वडा नम्बर २८

१. भाइ राम खड्गी प्रकाश, नेपाली काँग्रेस, १२०६ मत

२. मधुसुदन तण्डुकार, नेकपा एमाले, ११२३ मत

वडा नम्बर २९

१. कुश ढकाल, नेपाली काँग्रेस, १५४५ मत

२. शिवराम राजवंशी, स्वतन्त्र, १४९१ मत

वडा नम्बर ३०

१. दल बहादुर कार्की, नेपाली काँग्रेस, २२३१ मत

२. सुरेन्द्र श्रेष्ठ, नेकपा एमाले, १३६७ मत

वडा नम्बर ३१

१. नारायण प्रसाद भण्डारी, नेकपा एमाले, ४२९७ मत

२. रवीन्द्र विक्रम राणा, नेपाली काँग्रेस, ३१४६ मत

वडा नम्बर ३२

१. नवराज पराजुली, नेकपा एमाले, ५८७९ मत

२. कृष्णबहादुर केसी खत्री, नेपाली काँग्रेस, ४०१९ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप