शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल !

बुधबार, १९ माघ २०७८, १६ : ०७
बुधबार, १९ माघ २०७८

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।

हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १ वटा उप–महानगरपालिका छन् । गण्डकी र कर्णाली प्रदेशमा भने एउटा पनि उपमहानगरपालिका छैनन् ।

२०७४ सालमा तीन चरणमा भएको निर्वाचनपछि ११ मध्ये ७ वटा उपमहानगर जित्दै तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बलियो उपस्थिति देखाएको थियो । तर, धरान उपमहानगरमा २०७६ सालमा भएको उपनिर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले चुनाव लडेको सो सिट नेपाली काँग्रेसले जितेको थियो ।

हाल एमालेको इटहरी, जीतपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा प्रमुखहरु कायम छन् । त्यस्तै काँग्रेसले धरान, कलैया र धनगढी गरी तीनवटा उपमहानगरको नेतृत्व गरिरहेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनकपुर र राप्रपा नेपालले नेपालगञ्ज उपमहानगर गरी एक–एकवटा उपमहानगर जितेका छन् । समग्र स्थानीय तह निर्वाचनमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रले कुनै पनि उपमहानगरमा जीत हासिल गर्न सकेन ।

१. इटहरी उपमहानगर, सुनसरी

प्रदेश १ को सुनसरी जिल्लामा रहेको इटहरी उपमहानगरपालिकामा दोस्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतदान भएको थियो । २०७४ साल असार १४ मा प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणको निर्वाचन भएको थियो ।

इटहरी उपमहानरको प्रमुख पदमा नेकपा एमालेका द्वारिकालाल चौधरी २२ हजार ६८९ मत ल्याउँदै विजयी भएका थिए । उनलाई नेपाली काँग्रेसका रोहित प्रसाद प्रसाईले १९ हजार ९८५ मत ल्याउँदै टक्कर दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहित बहादुर कार्कीले ३ हजार ७१५ म ल्याउँदा नेकपा (माओवादी केन्द्र) की उम्मदेवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएकी थिइन् ।

उपप्रुमखमा पनि एमालेकै लक्ष्मी कुमार गौतम विजयी बनिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी विमला सिवाकोटीले १८ हजार ३५२ मत ल्याइन् ।

यस्तो थियो मत परिणामः

प्रमुख

१. द्वारिकालाल चौधरी, नेकपा एमाले, २२६८९ मत

२. रोहित प्रसाद प्रसाई नेपाली काँग्रेस १९९८५ मत

३. रोहित बहादुर कार्की, राप्रपा, ३७१५ मत

४. हरि माया जिमी, नेकपा (माओवादी केन्द्र) ३३६४

उपप्रमुख

१. लक्ष्मी कुमारी गौतम, नेकपा एमाले, २१८४२ मत

२. विमला सिवाकोटी, नेपाली काँग्रेस १८३५२ मत

३. भीमप्रसाद सुवेदी नेकपा माओवादी केन्द्र ४८३१ मत

४. माया रायमाझी, राप्रापा, ३९१९ मत

२. धरान उपमहानगर, सुनसरी

सुनसरीकै धरान उपमहानगरले दुईवटा फरक–फरक पार्टीको नेतृत्व पायो । २०७४ को स्थानीय निर्वाचनमा एमाले विजयी भएको धरानमा २०७६ सालको उपनिर्वाचनमा काँग्रेसले बाजी मार्न सफल रह्यो । एमालेबाट विजयी बनेका तारा सुब्बाको निधन भएपछि धरानमा उपनिर्वाचन गर्नुपरेको थियो । उपनिर्वाचनमा यसअघि सुब्बासँग पराजित भएका काँग्रेसका तिलक राईले एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राईलाई हराए ।

यस्तो थियो मत परिणामः

२०७४ निर्वाचन

प्रमुख

१. तारा सुब्बा नेकपा (एमाले) २०९७५

२. तिलक राई नेपाली काँग्रेस १६१०२

३. आइन्द्र विक्रम बेघा नेकपा माओवादी केन्द्र १११८०

उपप्रमुख

१. मञ्जु सुवेदी नेकपा एमाले २१२५६

२. श्यामा रेग्मी नेपाली काँग्रेस १४९१७

३. पारस राई संघीय समाजवादी फोरम ५१८१

२०७६ उपनिर्वाचन

प्रमुख

१. तिलक राई, नेपाली काँग्रेस, २६७०९

२. प्रकाश राई, नेकपा, २३९१४

३. जनकपुर उपमहानगर, धुनषा

धनुषा जिल्लामा रहेको जकपुर उपमहानगरमा तेस्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतदान भएको थियो । २०७४ असोज २ मा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका लाल किशोर साह निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका मनोज कुमार साह सुुडीलाई विशाल अन्तरले हराउँदे निर्वाचित भएका थिए । उपप्रमुख पदमा पनि काँग्रेस उम्मेदवार निलम देवी कर्णलाई पराजित गर्दै राजपाकी रिता कुमारी मिश्र विजयी भइन् ।

यस्तो थियो मत परिणामः

प्रमुख

१. लाल किशोर साह, राजपा नेपाल, २१९०३ मत

२. मनोज कुमार साह सुडी, नेपाली काँग्रेस, १११६४ मत

३. लक्ष्मी नारायाण भगत, नेकपा एमाले, ४८६५ मत

४. विष्णुदेव साह, संघीय समाजवादी फोरम, ३६१२ मत

उपप्रमुख

१. रिता कुमारी मिश्र, राजपा, १७१४७ मत

२. निलम देवी कर्ण, नेपाली काँग्रेस, १०६०५ मत

३. पुनम कुमारी मिश्र, नेकपा एमाले, ४९७२ मत

४. रिता कुमारी यादव, संघीय समाजवादी फोरम, ४२८९ मत

४ जीतपुरसिमरा उपमहानगर, बारा

बारा जिल्लामा रहेको जीतपुरसिमरा उपमहानगरमा पनि तेस्रो चरणमा नै निर्वाचन भएको थियो । यस महानगरको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले बाजी मारेको थियो । प्रमुख पदमा कृष्णप्रसाद पौडेलले विजयी बनेका थिए भने उपप्रमुख पदमा सरस्वती देवी चौधरीले जीत हासिल गरिन् ।

यस्तो थियो मत परिणामः

प्रमुख

१. कृष्णप्रसाद पौडेल नेकपा एमाले १४८६५ मत

२. कृष्णवर्त सिंह, नेपाली काँग्रेस, ११९९५ मत

३. राजन पौडेल, नेकपा माओवादी केन्द्र, ११२५१ मत

उपप्रमुख

१. सरस्वती देवी चौधरी, नेकपा एमाले, १४४४९ मत

२. नारायण रायमाझी, नेपाली काँग्रेस १२४९५ मत

३. गान्त्री देवी थरुनी, नेकपा माओवादी केन्द्र १०८६६

५ कलैया उपमहानगर, बारा

तेस्रो चरणमा निर्वाचन भएको कलैया उपमहानगरमा नेपाली काँग्रेसले जीत हात पारेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा प्रमुख पदमा राजेश राय यादव १० हजार ९०३ मत ल्याउँदै विजयी बने भने एमालेका विनोद प्रसाद साह १० हजार ७१६ मत ल्याउँदै दोस्रो बने । उपप्रमुख पदमा पनि काँग्रेसकी रहिमा खातुन विजयी भइन् ।

यस्तो थियो मत परिणामः

प्रमुख

१. राजेश राय यादव, नेपाली काँग्रेस, १०९०३ मत

२. विनोद प्रसाद साह, नेकपा एमाले, १०७१६ मत

३. प्रमोद प्रसाद गुप्ता, संघीय समाजवादी फोरम, ९४०४ मत

उपप्रमुख

१. रहमा खातुन, नेपाली काँग्रेस, १०५३८ मत

२. प्रतिमा कुमारी यादव, नेकपा एमाले, १०३७२ मत

३. लक्ष्मी देवी पटेल ससफो ८७०८

६. हेटौँडा उपमहानगर, मकवानपुर

बागमती प्रदेशमा पहिलो चरणमा भएको निर्वाचन अन्तरगत हेटौँडा उपमहानगरमा चुनाव भएको थियो । हेटौँडामा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर नेकपा एमालेविरुद्ध मैदानमा उत्रिएको थियो । यसका बावजुद प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले नै बाजी मारेको थियो । प्रमुखमा हरिबहादुर महत २३ हजार १२४ मत ल्याउँदै विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याए । उपप्रमुखमा एमालेकी मीनाकुमार लामाले माओवादी केन्द्रका बलराम लामालाई हराइन् ।

यस्तो थियो मत परिणाम

प्रमुख

१. हरिबहादुर महत, नेकपा एमाले, २३१२४ मत

२. आनन्द राम पराजुली, नेपाली काँग्रेस, २२५०९ मत

३. मधुकर प्रसाद अधिकारी, राप्रपा, ६८५७ मत

उपप्रमुख

१. मीनाकुमारी लामा, नेकपा एमाले, २३४३७ मत

२. बलराम लामा, नेकपा माओवादी केन्द्र, १७०११ मत

३. इन्दिरा न्यौपाने, राप्रपा, ७७०२ मत

७‍. बुटवल उपमहानगर, रुपन्देही

लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको बुटवल उपमहानगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको थियो । यहाँ पनि एक्लै चुनाव लडेको एमाले नै विजयी बनेको थियो । प्रमुख पदमा शिवराज सुवेदीले काँग्रेसका खेलराज पाण्डेयलाई हराए । उपप्रमुखमा माओवादी उम्मेदवार जगत बहादुर पोखरेललाई हराउँदै एमालेकी गुमादेवी आचार्य विजयी भइन् ।

यस्तो थियो मत परिणाम

प्रमुख

१. शिवराज राज सुवेदी, नेकपा एमाले, २३२४९ मत

२. खेलराज पाण्डेय, नेपाली काँग्रेस, २०८५१ मत

३. जनक बहादुर थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टी, ११५१ मत

उपप्रमुख

१. गुमादेवी आचार्य, नेकपा एमाले, २५३०१ मत

२. जगत बहादुर पोखरेल माओवादी, १४७९२ मत

३. धनी आले, राष्ट्रिय जनमुक्ति पार्टी, १५०६ मत

८. घोराही उपमहानगर, दाङ

दाङ जिल्लामा रहेको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी विजयी भएका थिए । उनले निकटत प्रतिद्वन्द्वी काँग्रेसका भुपबहादुर डाँगी क्षेत्रीलाई हराएका थिए । चौधरीले २२ हजार बढी मत ल्याउँदा क्षेत्रीले १७ हजार ४८४ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी सीता सिग्देल न्यौपाने विजयी भइन् ।

यस्तो थियो मत परिणामः

प्रमुख

१. नरुलाल चौधरी, नेकपा एमाले, २२०३० मत

२. भुपबहादुर डाँगी क्षेत्री, नेपाली काँग्रेस, १७४८४ मत

३. जीवन गौतम, नेकपा माओवादी, १२०८२ मत

उपप्रमुख

१. सीता सिग्देल न्यौपाने, नेकपा एमाले, २०७९२ मत

२. पुष्पा श्रेष्ठ, नेपाली काँग्रेस, १७६०३ मत

३. सीता शर्मा,  नेकपा माओवादी केन्द्र, १२८२४ मत

 ९. तुल्सीपुर उपमहानगर, दाङ

दाङको दोस्रो उपमहानगर तुल्सीपुरमा पनि एमालेकै वर्चश्व रह्यो । २२ हजार बढी मत ल्याउँदै घनश्याम पाण्डे विजयी भए भने नेपाली काँग्रेसका गेहेन्द्र गिरी दोस्रो भए । उपप्रमुखमा काँग्रेसकी देविका नेपाली घिमिरेलाई हराउँदै एमालेले माया शर्मा विजयी भइन् ।

यस्तो थियो मत परिणामः

प्रमुख

१. घनश्याम पाण्डे, नेकपा एमाले, २२८५७ मत

२. गेहेन्द्र गिरी, नेपाली काँग्रेस, १८९०३ मत

३. शेषुराम भण्डारी, नेकपा माओवादी केन्द्र, ८६९३ मत

 उपप्रमुख

१. माया शर्मा, नेकपा एमाले, २१०३७

२. देवीका नेपाली घिमिरे, नेपाली काँग्रेस, २०१८५ मत

३. सीता वली, नेकपा माओवादी केन्द्र, ९०५१ मत

 १०. नेपालगञ्ज उपमहानगर, बाँके

नेपालगञ्ज उपमहानगरमा तीन ठूला दललाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर थापा विजयी भए । उनले १२ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेश कुमार कनेडियाले ८ हजार ७३० मत मात्र प्राप्त गरे । उप प्रमुखमा भने राप्रपा पराजित हुन पुग्यो । काँग्रेसले उमा थापाले राप्रपाकी रमा रानी गुप्तालाई हराइन् ।

 यस्तो थियो मत परिणामः

प्रमुख

१. धवलशमशेर जबरा, राप्रपा, १२५१५ मत

२. सुरेश कुमार कनेडिया,नेपाली काँग्रेस, ८७३० मत

३. दामोदर आचार्य, नेकपा माओवादी केन्द्र, ७१९८ मत

४. समसुद्दीन सिद्दिकी नेकपा एमाले ६९६५

 उपप्रमुख

१. उमा थापा मगर, नेपाली काँग्रेस, १०७३१ मत

२. रमा रानी गुप्ता, राप्रपा, ८९२४ मत

३. शान्ती देवी ढकाल, नेकपा एमाले, ७७७३ मत

४. कलामुन अन्सारी, नेकपा माओवादी, ७०६७

 ११. धनगढी उपमहानगर, कैलाली

सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगर धनगढीमा पहिलो चरणमा निर्वाचन भएको थियो । यसमा नेपाली काँग्रेसका नृपबहादुर वडले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै प्रमुख पदमा निर्वाचित भएका थिए । उपप्रमुखमा पनि नेपाली काँग्रेसकी सुशील मिश्र भट्टले नेकपा एमालेकी निकटम प्रतिद्वन्द्वी रुकमणि देवकोटालाई पराजित गरिन् ।

 यस्तो थियो मत परिणामः

प्रमुख

१. नृप बहादुर वड, नेपाली काँग्रेस, १४३२४ मत

२. गोपाल हमाल, स्वतन्त्र, ११५२७ मत

३. राम समझ राना, नेकपा माओवादी केन्द्र, १०२०९ मत

उपप्रमुख

१. सुशीला मिश्र भट्ट, नेपाली काँग्रेस, १७४०८ मत

२. रुकमणि देवकोटा, नेकपा एमाले, १२७६३ मत

३. शान्ति अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र, १०२५२ मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप