महाधिवेशनमा देशका सवारी साधनले बोक्न सक्ने जति जनसहभागिता हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताएका छन् । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०÷२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए ।
उनले भने, ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन् ।’ उनले अगाडि भने, ‘कति छ नेपालका बसहरुको क्यापासिटी, एक पटकमा उनीहरुले कति बोक्न सक्छन् त्यस अनुसार सहभागिता हुन्छ । न्यूनतम् ५ लाख उपस्थित हुने अपेक्षा गरेका छौं ।’
कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए । दशौं महाधिवेशनले मुख्य रुपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

