शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई झापाबाट चुनाव लड्न ओलीको सुझाव

मङ्गलबार, ०७ मङ्सिर २०७८, १५ : १९
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट चुनाव लड्न सुझाव दिएका छन् । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई झापामै आएर चुनाव लड्न सुझाएका हुन् ।

एमालेको दशौं महाधिवेशन चितवनमा किन गरियो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको जनाए ।

प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको हो कि भन्नेबारे हुँदै आएको चर्चातर्फ केन्द्रित हुँदै ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने बताए । 

उनले प्रचण्डसँग आफ्नो कुनै लिनु दिनु नरहेको पनि बताए । उनले भने, ‘उहाँलाई मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आउनुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप