प्रचण्डलाई झापाबाट चुनाव लड्न ओलीको सुझाव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट चुनाव लड्न सुझाव दिएका छन् । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई झापामै आएर चुनाव लड्न सुझाएका हुन् ।
एमालेको दशौं महाधिवेशन चितवनमा किन गरियो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको जनाए ।
प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको हो कि भन्नेबारे हुँदै आएको चर्चातर्फ केन्द्रित हुँदै ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने बताए ।
उनले प्रचण्डसँग आफ्नो कुनै लिनु दिनु नरहेको पनि बताए । उनले भने, ‘उहाँलाई मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आउनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण