माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन : केपी अोली
मङ्गलबार, ०७ मङ्सिर २०७८, १५ : ११
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् ।
मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’ उनले सो कुराको जानकारी निर्वाचन आयोग र संसद सचिवालयमा जानकारी गराइएको अवस्थामा भदौ २ गते अवैध रुपमा पार्टी गठन गरेकाले नेपाललाई बोलाउन जरुरी नभएको बताए । उनले माधव नेपालको कुनै पार्टी नभएकाे पनि जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण