शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन : केपी अ‍ोली

मङ्गलबार, ०७ मङ्सिर २०७८, १५ : ११
मङ्गलबार, ०७ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् । 

मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’ उनले सो कुराको जानकारी निर्वाचन आयोग र संसद सचिवालयमा जानकारी गराइएको अवस्थामा भदौ २ गते अवैध रुपमा पार्टी गठन गरेकाले नेपाललाई बोलाउन जरुरी नभएको बताए । उनले माधव नेपालको कुनै पार्टी नभएकाे पनि जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप