सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भीम रावलले मलाई चुनौती दिएको होइन : ओली

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : ५९
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् । मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए । ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु’, ओलीको भनाइ छ । उनले लोकतन्त्रमा चुनौति दिन पनि पाइने बताए । ‘मलाई कसैले चुनौति दिए स्वागत गर्छु । लोकतन्त्रमा चुनौति दिन पाइन्छ । म अरुलाई नउठ भनेर दवाव महशुस हुने खालको अभिव्यक्ति दिन्न’, अध्यक्ष ओलीले भने, ‘म उठ्ने नउठ्ने कुनै निर्णय भएको छैन । म उठ्ने भएँ भने अरुलाई कुनै दवाव पनि दिन्न ।’

त्यस्तै अध्यक्ष ओलीलाई तपाईंले मन पराएको वरिष्ठ उपाध्यक्ष को हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा भने, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ । अन्यको हकमा पनि त्यही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप