भीम रावलले मलाई चुनौती दिएको होइन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् । मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए । ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु’, ओलीको भनाइ छ । उनले लोकतन्त्रमा चुनौति दिन पनि पाइने बताए । ‘मलाई कसैले चुनौति दिए स्वागत गर्छु । लोकतन्त्रमा चुनौति दिन पाइन्छ । म अरुलाई नउठ भनेर दवाव महशुस हुने खालको अभिव्यक्ति दिन्न’, अध्यक्ष ओलीले भने, ‘म उठ्ने नउठ्ने कुनै निर्णय भएको छैन । म उठ्ने भएँ भने अरुलाई कुनै दवाव पनि दिन्न ।’
त्यस्तै अध्यक्ष ओलीलाई तपाईंले मन पराएको वरिष्ठ उपाध्यक्ष को हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा भने, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ । अन्यको हकमा पनि त्यही हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण