‘खराब बुहारी’ को ट्याग पाएपछि भड्किएकी कश्मिरा शाहले गोबिन्दाकी श्रीमती सुनितालाई भनिन् ‘क्रुर सासु’
गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको विवाह चाँडै नै सुल्झेला जस्तो छैन । कश्मीरा शाह र गोबिन्दाकी श्रीमती एक–अर्कालाई रुचाउँदैनन् । यो कुरा थुप्रै पटक उनीहरुको बयानमार्फत् स्पष्ट भइसकेको छ । कश्मिरा र सुनिताको वाक्युद्ध रोकिएला जस्तो छैन । यता कृष्णा भने मामा गोबिन्दालाई माफी दिन आग्रह गर्दा गर्दै थाकिसके । केही दिन अघि आफ्नो एक बयानमा सुनिताले कश्मीरामाथि हमला गर्दै उनलाई खराब बुहारी बताएकी थिइन् । अब कश्मिराले उनलाई जवाफ फर्काएकी छिन् ।
गोबिन्दाकी श्रीमती सुनितालाई कश्मीराको जवाफः
आफूलाई खराब बुहारीको ट्याग दिएका कारण रिसाएकी कश्मीरा शाहले ट्वीटरमा सुनिता आहूजालाई तगडा जवाफ फर्काएकी छिन् । कश्मीराले ट्वीट गर्दै लेखिन्, ‘कामको सिलसिलामा बाहिर थिएँ, भर्खरै फर्किएँ र देखिरहेकी छु कि मानिसहरुले कसरी हाम्रो पारिवारिक विवादमा आफूलाई चोख्याउने काम गरिरहेका छन् । एक बयान पढ्ने बेला मेरा छोराले मलाई सोधे ‘यो खराब बुहारी के हो ?’ मैले जवाफ दिएँ, ‘त्यसलाई जसले क्रुर सासु पाएकी हुन्छिन् ।’
सुनिताले कश्मीरालाई भनेकी थिइन् खराब बुहारीः
गोबिन्दाकी श्रीमती सुनिताले कश्मीरामाथि कटाक्ष गर्र्दै भनेकी थिइन्, ‘उनीहरुलाई एउटी आमाले झैं व्यवहार गर्दा पनि यस्ते खराब व्यवहार देखाइरहेका छन् । परिवारमा समस्या त्यतिबेला सुरु भयो जब हामीले खराब बुहारी घर भित्र्यायौं । म कसैको नाम लिन चाहन्नँ । मसँग जीवनमा गर्नका लागि धेरै काम छ । म आफ्ना श्रीमान् गोबिन्दाको काम सम्हाल्छु । यस्ता वाहियात चिजमा पर्न चाहन्छ ।’
पारिवारिक झगडामा आरती सिंहले के भनेकी थिइन् ?
दाइ कृष्णा र मामा गोबिन्दाको परिवारबीच चलिरहेको यो विवादले आरती सिंहलाई पनि प्रभावित पारिरहेको छ । आरतीले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘यी दुईबीच जुन विवाद भइरहेको छ, त्यसको परिणाम मैले पनि भोग्नुपरिरहेको छ । दुबै पार्टीले एक–अर्कालाई केही न केही भनेका छन् । यद्यपि, अन्त्यमा हामी एक परिवार हौं । म आशा गर्छु कि यो विवाद चाँडै नै सुल्झिनेछ र हाम्रा राम्रा दिन फिर्नेछन् ।’
आरतीले झगडा सुल्झाउने उद्देश्यले दाइ कृष्णासँग कुरा गरेको पनि बताएकी थिइन् । तर अब निर्णय उनको मामा गोबिन्दाको हातमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण