बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोबिन्दाकी श्रीमतीको कमेन्टले रुष्ट कश्मिरा शाह, भन्छिन् ‘को हो यो सुनिता ?’

आइतबार, २७ भदौ २०७८, १५ : ५६
आइतबार, २७ भदौ २०७८

द कपिल शर्मा शोमा गोेबिन्दा र उनकी श्रीमती सुनिता ‘पाहुना’ को रुपमा पुगे । यतिबेला गोबिन्दाका भाञ्जा कृष्णा कार्यक्रममा देखिएनन् । यस्तोमा सुनिताले एक अन्तरवार्ताको क्रममा कृष्णालाई तथानाम भनेकी छिन् । साथै सुनिताले आफू बाँचेसम्म विवाद नसुल्झिने बताएकी थिइन् । यस्तै, कृष्णाले आफ्नो पक्ष राख्दै आफूले सबैकुरा गणपति बप्पामाथि छोडिदिने बताएका थिए ।

यस्तै कृष्णाकी श्रीमती तथा नायिका कश्मीरा शाहले सुनितालाई जवाफ दिँदै भन्छिन्,  ‘साँचो भन्ने हो भने मलाई यो विवादमा दुई पैसाको पनि रुची छैन । यी मानिसहरु मेरा लागि पछिल्लो पाँच वर्षदेखि अस्तित्वमा छैनन् । उनीहरुबारे अब म केही कुरा नै गर्न चाहन्नँ । तपाईंले पनि देख्नु भएको होला, मैले लामो समयदेखि उनीहरु बारे केही भनेको छैन । नभए मसँग उनीहरुका लागि कडा जवाफ छ ।’

कश्मीरा थप्छिन्, ‘सोसल मिडियामा उनलाई प्रशंसकले जवाफ दिएका छन् । उनी नराम्रोसँग ट्रोल भइरहेकी छिन् । उनले कृष्णा प्रतिभावान छैनन् भनिरहेकी छिन् । यस्तो त्यस्ता मानिसहरुले मात्रै भन्छन् जसलाई प्रतिभाबारे थाहा छैन वा आफू पनि प्रतिभावान छैनन् । त्यस्ता मानिसहरुले तपाईंलाई नराम्रो भन्छन् जसले दुनियाँमा केही गरेका हुँदैनन् र जसले आफूलाई तपाईंभन्दा कम आँक्छन् । जब अभिनेता बनिन्छ तब तपाईंको जीवन नीजि हुँदैन, सार्वजनिक हुन्छ । तपाईं हरेक कुराका लागि तयार हुनुपर्छ ।’

 


 

मेरा बच्चालाई हेर्नसमेत आएनन्ः

सुरुमा त म उनीहरुको कुराबाट प्रभावित हुन्थेँ तर उनीहरु त्यो दिनदेखि मेरो मनबाट निस्किए जब उनीहरु मेरो बच्चासमेत हेर्न आएनन् । त्यतिबेला देखि नै मैले उनीहरुसँग कुरा गर्न बन्द गरिदिएँ । परिवार त्यो हो जसले तपाईंलाई खराब समयमा तपाईंलाई साथ दिन्छन् । उनीहरु हाम्रो साथमा थिएनन् ।’

साँच्ची, यो सुनिता को हो ?

उनी थप्छिन्, ‘कृष्णाको विषयमा अनावश्यक कुरा गर्छन् । उक्त एपिसोडमा कृष्णाको आवश्यकता नपरेको पनि हुनसक्छ । तर यो कुरा कसले सम्झाउने ? यदि तपाईंले मलाई सोध्नु छ भने प्रियंका चोपडा बारे सोध्नुहोस्, कट्रिनाबारे सोध्नुहोस्, यो सुनिता को हो ? मैले आफैंले आफ्नो नाम कमाएकी हुँ । मेरो पहिचान कसैकी श्रीमतीको रुपमा दिइँदैन । त्यसैले यस्ता मानिसबारे म कुरा गर्नै चाहन्नँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप