मामा गोबिन्दासँगको विवादबारे बोले कृष्णा : यो झगडाले थाकिसकेको छु
अभिनेता गोबिन्दा र उनका भाञ्जा हास्यकलाकार कृष्णा अभिषेकबीच चलिरहेको विवाद जगजाहिर छ । उनीहरुबीच विगत लामो समयदेखि तँ–तँ, म–म चलिरहेको छ । हालै एक अन्तरवार्तामा गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा र उनको परिवारका लागि आफ्नो रोष व्यक्त गरेकी थिइन् । सुनिताले उनी कृष्णाको अनुहारसमेत हेर्न नचाहेको बताएकी थिइन् । अब कृष्णा अभिषेकले यो झगडामाथि प्रतिक्रिया जताएका छन् ।
कृष्णाले के भने ?
स्पटबोयको कुराकानीमा कृष्णाले भने, ‘मलाई राम्रोसँग थाहा छ कि मेरी माइजुले मविरुद्ध धेरैकुरा बोल्नुभएको छ । हो, म साँच्चै उदास थिएँ । तर मलाई लाग्छ कि उनी मसँग असाध्यै रिसाएकी छिन् किनभने मलाई असाध्यै माया गर्छिन् । ‘म उसको अनुहार पनि हेर्न चाहन्नँ’ यस्तो भन्नुले यो देखाउँछ कि उनलाई पीडा भएको छ । र तपाईं त्यहि व्यक्तिसँग रिसाउनुहुन्छ जसलाई तपाईं माया गर्नुहुन्छ ।’
कृष्णाले थपे, ‘मलाई थाहा छ कि उनले मलाई असाध्यै माया गर्नुहुन्छ । नभए यत्ति रिस किन ? यो शब्द आमा–बुवाले बच्चासँग रिसाएका बेला मात्रै बोल्न सक्छन् । म मामा र माइजुलाई असाध्यै माया गर्छु । उहाँहरुले मलाई माफी दिए हुन्थ्यो भन्ने मेरो अत्यधिक चाहना छ । मैले यसका लागि अत्यधिक कोसिस पनि गरिसकेको छु । तर उनीहरुले मेरो माफी स्वीकार गरिरहनुभएको छैन र त्यसैमा समस्या छ । जब म उनीहरुको बच्चा जस्तै हुँ भने मलाई माफी दिन किन तयार छैनन् । यत्तिका अन्तरवार्तामा मैले थुप्रै पटक भनिसकेको छु कि हामी हाम्रो समस्या सुल्झाउनेछौं । तर हामीबीच अहिले पनि स्थिति सामान्य छैन ।’
कृष्णाले भने, ‘म मामा र माइजुलाई असाध्यै माया गर्छु । उनीहरु रिसाउँदा म दुःखी हुन्छु । म भित्रैदेखि दुःखी छु । म यो दुश्मनीसँग थाकिसकेको छु । उनीहरु मेरो आमा–बुवा सरह हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण