मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोबिन्दाकी श्रीमतीले कृष्णाकी श्रीमतीमाथि निशाना साँध्दै भनिन्, ‘खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो’

शुक्रबार, ०१ असोज २०७८, १४ : ३४
शुक्रबार, ०१ असोज २०७८

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् ।

उनले भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीमा कृष्णाकी श्रीमती कश्मिरा घरमा भित्रिएसँगै समस्या सुरु भएको बताइन् । उनले भनिन्, ‘म खराब कुरामा जवाफ दिन चाहन्नँ तर आमाले झैं हेरविचार गर्दापनि यिनीहरुले यस्तो खराब व्यवहार गरिरहेका छन् । घरमा समस्या त्यतिबेला सुरु भयो जब हामीले खराब बुहारी भित्र्यायौं । म कसैको नाम लिन चाहन्नँ । मसँग जीवनमा गर्नका लागि धेरै काम छ । म आफ्ना श्रीमान् गोबिन्दाको काम सम्हाल्छु । मलाई यस्ता वाहियात कुरामा पर्नु नै छैन ।’

‘गोबिन्दाले मलाई पहिले नै पारिवारिक कुरा सार्वजनिक नगर्न सल्लाह दिएका छन् तर केही मानिसहरु चर्चा चाहन्छन् र सधैं केही न केही विषय निम्त्याउँछन् । यो सबै कृष्णाको तर्फबाट सुरुवात हुन्छ । हामीलाई फुटेज चाहिँदैन, जसलाई फुटेज चाहिन्छ उनीहरुले नै यस्तो गर्छन् । यस्तो हजार पटक भइसकेको छ । कृष्णा माफी माग्नका लागि तयार हुन्छन् र हामीले थुप्रै पटक प्याचअप पनि गरेका छौं तर हामी खराब कुरालाई बारम्बार इग्नोर पनि गर्न सक्दैनौं । हाम्रो पनि आत्मसम्मान छ । ’

किन भड्किइन् सुनिता ?

वास्तवमा कश्मिराले केही दिनअघि गोबिन्दा र सुनिताको विषयमा उनीहरु दुबैजना उनीहरुको जीवनमा पछिल्लो पाँच वर्षदेखि अस्तित्वमा नरहेको बताएकी थिइन् । कश्मिराले आफू नायककी श्रीमतीको रुपमा परिचित नभएको भन्दै उनले आफ्नो मिहिनेतले हालको स्थान प्राप्त गरेको पनि बताइन् । ‘यो सुनिता को हो ?’ कश्मिराका यस्तै कुराले रिसाएकी सुनिताले आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप