गोबिन्दाकी श्रीमती सुनिताले भनिन्, ‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न मन छैन’
बलिउड अभिनेता गोबिन्दाकी श्रीमती सुनिता अहुजाले भाञ्जा कृष्णा अभिषेकबारे कडा टिप्पणी गरेकी छिन् ।
द कपिल र्शा शोमा सुनिता र गोबिन्दा पाहुनाको रुपमा आउन लागेपछि कृष्णाले उक्त कार्यक्रममा प्रस्तुती नदिने बताएका थिए । सुनिताले त्यहि विषयलाई लिएर आफ्नो रोष व्यक्त गरेकी छिन् ।
कृष्णाको निर्णयमा आफूहरु असाध्यै दुःखी भएको बताउँदै सुनिताले उनीहरुबीचको विवाद कहिल्यै नसुल्झिने स्पष्ट पारेकी छिन् । उनले रिसाउँदै भनिन्, ‘म उसको अनुहार जीवनभर हेर्न चाहन्नँ ।’
कृष्णा र गोबिन्दाको सम्बन्ध निकै लामो समयदेखि तनावपूर्ण छ ।
गोबिन्दा र सुनिता अहुजा द कपिल शर्माको आउँदा संस्करणमा देखिनेछन् ।
एक भारतीय सञ्चारमाध्यमसँगको कुरामा सुनिताले तीनवर्ष अघिको घटना स्मरण गर्दै भनिन्, ‘यो त कहिल्यै हुनै सक्दैन । तीन वर्ष अघि पनि मैले भनेकी थिएँ कि म हुँदासम्म यो विवाद सुल्झिने छैन । परिवारको नाममा तपाईंले कसैमाथि दुर्व्यवहार र होच्याउने काम त गर्नुभएन नि । हामीले उनीहरुलाई हुर्काएका हौं, उनीहरुको आशामा बाँचेका पनि छैनौं । म अहिलेका लागि यत्ति मात्रै भन्न सक्छु कि यो विवाद कहिल्यै सुल्झिने छैन र जीवनभरी उसको अनुहार हेर्न चाहन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण