एमाले सांसदहरूले सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ दलको आपत्ति
सोमबार, ०७ भदौ २०७८, १४ : ०१
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।
यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
