बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमाले सांसदहरूले सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ दलको आपत्ति

सोमबार, ०७ भदौ २०७८, १४ : ०१
सोमबार, ०७ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप