मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

शुक्रबार, ०४ भदौ २०७८, १२ : १६
शुक्रबार, ०४ भदौ २०७८

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।

बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । 

सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप