शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१४ जना सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दवाव

बिहीबार, ०३ भदौ २०७८, २३ : १८
बिहीबार, ०३ भदौ २०७८

नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन् ।

यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय अभ्यास छ । ‘हामीले दवाव नै दिन खोजेको हो । पार्टीले गरेको निर्णय उहाँले अघि नबढाउने वा ढिलो गर्ने भन्ने छुट नै छैन’, भट्टराईले रातोपाटीसँग भने, ‘सभामुखले पनि म गर्छु, यो मेरो कर्तव्य नै हो भन्नुभयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप