बौद्धबाट बरामद गरिएको युरेनियम बेच्न खोज्ने ३ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियम बेच्न खोज्नेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले युरेनियम कारोबारमा संलग्नमध्ये ३ जनालाई थुनामा राख्न आदेश दिएको छ । एक जनाचाहिं धरौटीमा छुटेका छन् ।
रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ वर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अदालतले जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र रामेछापका प्रकाश चौहानलाई थुनामा पठाएको छ । अदालतको आदेशले उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कारोबारमा संलग्न भनिएका सिन्धुलीका मनोज न्यौपानेलाई अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । २ लाख धरौटी बुझाएर उनी रिहा भएका छन् । साढे २ केजी युरेनियम बेच्न खोज्ने ४ जनालाई महानगरीय प्रहरी कार्यालयको टोलीले फागुन २८ मा पक्रेर अनुसन्धान गरेको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


