साढे २ केजी युरेनियमको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा
काठमाडौं । बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियमको अनुसन्धान प्रहरीले पूरा गरेको छ । फागुन २८ मा बरामद गरिएको युरेनियम बारेको अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
महानगरीय प्रहरी कार्यालयको टोलीले बौद्धबाट बरामद युरेनियमसहित चार जनालाई पक्राउ गरेको थियो । युरेनियम बारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
रामेछाप घर भएकी जानुका तामाङको घरमा सो युरेनियम करिब २५ बर्षदेखी लुकाएर राखिएको थियो । भारको खानीमा काम गर्दा जानुकाको ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर शुरु अनुसन्धान गरेको प्रहरीले आरोपीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा लैजान सरकारी वकिललाई राय दिएको छ ।
०७७ असारमा लागू भएको सो ऐनको दफा २८ (१) (ख) अनुसार ७ देखि १२ लाख जरिवाना र ५ देखि १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था छ ।
सरकारी वकिल कार्यालयको सल्लाहमा सो ऐन अनुसार राय प्रतिवेदन बुझाएको एसएसपी सिंहले रातोपाटीलाई बताए ।
जानुकासहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ, रामेछापका प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण