आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धबाट बरामद भएको ‘युरेनियम’ कच्चा युरेनियम मात्रै भएको पुष्टि

आइतबार, ०१ चैत २०७७, १७ : ०८
आइतबार, ०१ चैत २०७७

राजधानीको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ । प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको हो । 

नास्टका सिनियर साइन्टिफिक अफिसर डा बुद्धराज शाह र साइन्टिफिक असिस्टेन्ट विपिन रिजालले गरेको परीक्षण यस्तो पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए । उनका अनुसार नास्टले आजमात्रै परीक्षणको रिपोर्ट पठाएको हो । 

काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो ‘युरेनियम’ बरामद गरेको थियो । 
पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप