आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२ किलो युरेनियमसहित चार जना बौद्धबाट पक्राउ

शुक्रबार, २८ फागुन २०७७, १६ : ०९
शुक्रबार, २८ फागुन २०७७

प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप