आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘युरेनियम’ धनीको बयान : युरेनियम भन्ने थाहा थिएन, हातले झिकेर स्याम्पल दिएँ

मङ्गलबार, ०३ चैत २०७७, २१ : ४१
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । महानगरीय प्रहरी कार्यालयको विशेष टिमले राजधानीको बौद्धबाट बरामद गरेको साढे २ केजी युरेनियमको धनी हुन्, रामेछाप घर भएकी जानुका तामाङ ।

रामेपछाको सुनापती गाउँपालिका५ स्थित भीरकोटकी जानुका ११ वर्षको उमेरमा काठमाडौं आएकी हुन् । कोटेश्वरमा बसेर उनले गाढामा व्यापार गरिन् । ०५६ मा लिखु तामाकोशी गाउँपालिका५ घर भएका कृष्ण पाख्रिनसँग उनको मागी विवाह भयो । कृष्ण सुरुमा सेल्सम्यानको काम गर्थे । पछि, गाडी चलाए ।

कृष्ण र जानुकाको विवाह हुँदा बौद्धमा साढे २ तले घर थियो । सो घरको एउटा कुनामा थियो युरेनियम पोको पारेको बट्टा ।

उनका ससुरा अमर लामा भारतको खानीमा काम गर्थे । जानुकाले ससुराले २५ वर्षअघि भारतबाट ल्याएर सो बट्टा बौद्ध स्थित घरमा राखेको प्रहरीलाई साविती बयान दिएकी छिन् ।

ससुरा अमर र श्रीमान कृष्ण अहिले अमेरिकामा छन् । अहिले घरको तला थपिएको छ । तर, लामो समय उनलाई युरेनियम बेच्ने सुर आएको थिएन ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका५ का नारायणसिंह तामाङ नाताले उनको देवर हुन् । नारायणसिंह पुराना वस्तु संकलन गरेर बेच्ने काम गर्थे ।

त्यस्तोमा उनले एकदिन जानुकाको घरमा रहेको न्यूक्लियर इनर्जी पुरानो भएको हुनाले बेचे पैसा आउने कुरा सुनाए ।

नारायणसिंहले भने अनुसार बेच्न खोज्दा उनी पक्राउ परिन् । जानुका सहित चार जना अहिले न्यूक्लियर इनर्जी युरेनियम बेच्न खोजेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

 


 

हातले झिकेर स्याम्पल दिएँ !

घरको कुनामा राखेको न्यूक्लियर इनर्जीबारे आफूलाई थाहा नभएको जानुकाले बताएकी छिन् । प्रहरी र सरकारी वकिललाई बयान दिँदै जानुकाले भनेकी छिन्, ‘ विष्फोटक धातु भन्ने मलाई थाहा थिएन ।

फागुन २७ मा नारायणसिंह तामाङले उनीसँग ग्राहक फेला परेको भन्दै स्याम्पल मागे । मैले हातले झिकेर अचारको सिसीमा राखेर दिएँ, सरकारी वकिलसँग उनले भनेकी छिन्, ‘मलाई त्यो वस्तु खतरनाक छ भन्ने थाहै भएन ।

प्रहरीले ललितपुरको सातदोबाटोबाट पक्रेपछि जानुकाले आफ्नो घरमा अझै सो वस्तु भएको बताउँदै थप न्यूक्लियर इनर्जी प्रहरीलाई दिएको आफ्ना एकजना आफन्तलाई बताएकी छिन् ।

मात्रा परीक्षण गरिँदै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिक अधिकृत डा. बुद्धराज शाह र प्रमुख वैज्ञानिक सहायक विपिन रिजालले युरेनियम परीक्षण गरेका छन् ।

बरामद पदार्थमा युरेनियमा हुने कण यु२३८ कन्टेन्ट रहेको परीक्षणबाट पुष्टि भएको छ । प्रशोधित युरेनियममा यु२३५ कन्टेन्ट हुन्छ । तर, सो युरेनिमय परीक्षण नगरिएको कच्चा युरेनियम पुष्टि भएको छ ।

 


 

त्यसमा कति प्रतिशत युरेनियम छ भन्नेबारे पुनः परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘बरामद पदार्थमा कति प्रतिशत युरेनियम छ भन्ने जाँच गर्न पठाएका छौं ।

नास्टले रेडीयोधर्मी वस्तुहरुको असली पहिचान गर्ने (ठ्याक्कै रसायन विश्लेषण गर्न सक्ने) उपकरण आफूसँग नभएको भन्दै प्रतिशत पत्ता लगाउन अन्यत्रै परीक्षण गर्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप