देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ?
राजनीति शास्त्रीदेखि लिएर अरूहरुले पनि एउटा संकथन (न्यारेटिभ) बदल्नुपर्छ जस्तो लाग्छ । त्यो न्यारेटिभ भनेको पार्टीहरु कसरी उद्भव भए भन्नेबारे हाम्रो चिन्तन वा सोचाइ फरक छ जस्तो लाग्छ । नेपालमा कम्युनिस्ट होस् वा काँग्रेस, मुख्यगरी यी दुईवटै पार्टीको जरो बेलायत हो, चीन र रुस होइन । हामीकहाँ कम्युनिस्ट पार्टी चीनमा जस्तो कम्युनिष्ट क्रान्ति गर्न जन्मेको होइन । बहुदलीय व्यवस्थाभित्र, पार्टीभित्र, पार्टी सिस्टम भित्रै रमाउने गरी कम्युनिस्ट पार्टीको जन्म भएको हो । ग्रेटव्रिटेन कम्युनिस्ट पार्टी (जीबीसीपी)बाट भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टीबाट हामीकहाँ आयो । नेपालमा कम्युनिष्टके जीनमा चुनाव नै लेखिएको छ, चुनाव लड्नुपर्छ नै भन्ने लेखेको छ । त्यत्रो लडाइँ लडेर प्रचण्ड फेरि चुनाव नै लड्न आइपुगे । यसलाई सैद्धान्तिकृत वा अभ्यास गर्नुपर्ने बेलामा अलिकति सोच्नुपर्यो । जस्तो शेरबहादुर देउवाले कम्युनिस्टहरुले रुवाए भने जस्तो सस्ता कुरा नगरौँ । कांग्रेस पनि बेलायतको लेवर पार्टी, भारतीय रष्ट्रिय कांग्रेस हुँदै अइपुगेको हो । त्यसैले हाल चलिरहेको न्यारेटिभ सच्याउनुपर्छ भन्ने मलाई लाग्छ ।
अर्को एउटा कुराको न्यारेटिभ बदल्नुपर्छ जस्तो लाग्छ । उहिले पनि हाम्रो सोसाइटी भनेको प्लुरालिस्टिक (बहुलवादी) सोसाइटी नै थियो । एकीकरणपछिको हिसाब गर्ने हो भने शाहहरु थिए, पाण्डे, थापा, राणा, बस्नेत घरानियाहरु आए । एउटाले अर्कोलाई विस्थापित गरेर शासनसत्ता लिइराखे । सबैभन्दा पछि अन्य भारदारहरुलाई सखाप पारेर राणा पावरफुल भएर आए । त्यसकारण उसले १०४ वर्ष शासन चलायो । बहुदल आइसकेपछि गिरिजाप्रसाद कोइराला वा कोइराला खानदानले शासन गरे । कोइरालाहरुको वंश सकिएपछि अहिले देउवाले चलाएका छन् । अहिले देउवाको पार्टी क्षेत्री पार्टी भएको छ । कम्युनिस्ट पार्टी भनेको बाहुनहरुको पार्टी भएको छ । मैले यो साम्प्रदायिक कुरा गरेको होइन, सोझो अर्थमा यसको जिनको कुरा गरेको हो । यहाँभित्र जुनखालको व्यवस्थापनको कुरा छ यो व्यवस्थापनको सैद्धान्तिक कुरा कहाँबाट आयो भन्ने हो । यो फेरि हाम्रोमा मात्रै बहुलवाद भएको होइन । बहुलवाद संसारमैब्याप्तछ । चीनमा पनि साङ्घाई र बेइजिङ ग्रुप भन्ने छ । त्यहाँ कसले कसलाई, कसले कसैलाइ डोमिनेट गर्ने गर्छन्। जियाङ जेमिनको पावर पछिसम्म रह्यो । हिजन्ताअ ले त्यही रिसले गर्दा सी चिनफिङ अफ्ने अधकार सुम्पिए । समाजमा बहुलता छ भन्ने प्रमाण। त्यसकारण हामीकहाँ बनी बनाउ न्यारेटिभलाई फेर्न जरुरी छ । कम्युनिस्ट भन्ने बित्तिकै एकतन्त्रीय र तानाशाही मात्रै हुन्छ भन्ने खालका कुरा नगरौँ । यो गर्यो भने समस्या निम्त्याउँछ भन्ने लाग्छ ।
हामीले अलिकति अध्ययन गर्ने हो भने दोस्रो अन्तर्राष्ट्रिय पढ्न जरुरी छ । १८८० देखि १९१९ सम्मको अवधिमा धेरै बहस र छलफल भएको छ । खास गरेर सोसलिस्टहरुले सोसिलिज्महरुको विभिन्न धारहरु जुन ढाँचाबाट फेरिए र अलगअलग भए तिनीहरुको बीचको अन्तरविरोध के हो ? भन्ने कुरालाई बुझ्न जरुरी छ ।
दलतन्त्र हुनैपर्दैन त ? मेरो विचारमा त्यस्तो लाग्दैन । हामीकहाँ दल चाहिन्छ, हुनुपर्छ । हाम्रा दल अप्रासंगिक भए । हामीलाई काम लाग्दैनन् यी दलहरु । यस्तो हुनुको पछाडि के के कारण होलान् भनेर खोजौँ । त्यसको पछाडि जरो अघिको कुराकानीमा निस्क्यो– नवउदारवाद वा उदारवाद कुरा । त्यति मात्रै त होइन ।
तेस्रो, दलतन्त्र हुनैपर्दैन त ? मेरो विचारमा त्यस्तो लाग्दैन । हामीकहाँ दल चाहिन्छ, हुनुपर्छ । हाम्रा दलहरू अप्रासंगिक हुँदै गएका छन् । अपडेट नहुँदा हाम्रा लागि अचित्यिहन बने जस्ता भएका छन् दलहरु । यस्तो हुनुको पछाडि के के कारण होलान् भनेर खोजौँ । त्यसको पछाडि जरो अघिको कुराकानीमा निस्क्यो– नवउदारवाद वा उदारवाद कुरा । त्यति मात्रै त होइन । पहिले त हामीकहाँ क्रान्ति भएन । जस्तो नेपाली काँग्रेसले एक खालको बहुमत नेतृत्व प्राप्त गरेको भए र सात सालमा शुरुमै बिपी कोइराला प्रधानमन्त्री हुनुभएको भए त्यो एउटा क्रान्ति हुन्थ्यो । मेरो विचारमा त्यो क्रान्ति थिएन । राणाहरूले थुपारेके राष्ट्रिय सञ्चिती भारत लैजानका लागि बाटो खुलाउन ८ महिनासम्म राणा नै प्रधानमन्त्री हुनु क्रान्तिलाई क्रान्ति मान्ने होइन । हरेक पटक सम्झौता भए तयसैगरी सत्ता हस्तान्तरणा भइरहे।
म एउट सानो कुरा भन्छु । म माओवादीको सांसद भएर आएँ, माओवादीले बोलाएर । यद्यपि मनोनीत गिरिजाप्रसाद कोइरालाले गरेका थिए । हाउस सुरू भयो । बैठक बस्ने भनेर बिहान ८ बजे बोलाउँछ, अनि राति ८ बजे सुरु गर्छन् । सुवासचन्द्र नेम्वाङ सभामुख थिए । मैले गएर भनें, यो के ताल हो ? अघिल्लो दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बसाल्नुस् । भोलिपल्ट कतिबेला बैठक बसाल्ने हो, त्यो बैठक त्यतिबेलै गर्नुस् भन्दा उनले मलाई ‘तातेका माओवादीलाई चिसोपानी खन्याएको’ भनेर जवाफ दिए । अब हेर्नुस्, बिहान उज्यालो भएदेखि गएको छ । राति बेलुकीसम्म बस्नुपर्दा आफूभित्र तनाव, भयंकर आत्मग्लानि भएर फर्कनुपर्छ । माओवादी त सम्झौता गरेर आएका थिए । तिनलाई चिसोपानी खन्याइ रहियो । अपेक्षित परिवर्तन भएन ।
हामीकहाँ समाज परिवर्तन हुनुपर्ने हो । त्यो हुनका लागि केके अवयवहरू चाहिन्छन् ? कर्मचारीतन्त्रमा परिवर्तन हुनुपर्ने कि नपर्ने ? संस्थाहरु संस्थागत गर्नुपर्ने कि नपर्ने ? त्यसलाई डेलिभरी गर्ने संस्था हुनुपर्ने कि नपर्ने ? यति धेरै अवयवहरूलाई यथास्थितिमा राखेर परिवर्तन हुन्छ ? सम्भावना नै थिएन, रहेन । त्यो चाहे काँग्रेस, एमाले, माओवादीका वा फेरि अहिले फुटेर आउनेको कुरा गर्नुस्, त्यही दोहोरिने हो । मेरो विचारमा अझै फुट्ने कुरा बाँकी छ । आउने वैशाखसम्ममा सबै पार्टी धुजाधुजा हुनेवाला छन् । काँग्रेस पनि धुजाधुजा हुनेवाला छ । किनभने त्यहाँ बाँडिनुपर्यो नि ! बाहुन एकातिर, क्षेत्री एकातिर हुनुपर्यो । त्यही कुरा अरू पार्टीमा पनि हुनुपर्यो । पर्खिउँ मात्रै, देख्न पाइहालिन्छ ।
ठूलठूला सिद्धान्तका भाते कुरा गर्यो तर त्यही टाँसिइरहेको छ जुको जस्तो । निकालिदियो भने मात्रै बाहिर निस्कने, नत्र ननिस्कने । यस्ता कुराले चल्दैन । अब त सीधा सीधा भन्न सक्नुपर्यो – तिमीबाट काम चल्दैन, हुँदैन । तिमीहरु, यो नेतृत्व हुनै सक्दैन भन्न सक्नुपर्यो र बाहिर निस्कन सक्नुपर्यो । बाहिर निस्केर केही गरे भने हुने हो । नत्रभने हामीले जतिसुकै ठटाए पनि केही हुनेवाला छैन ।
त्यसकारण यो अब्सोलेटलाई नयाँ ट्रेन्डमा कसरी लैजान सकिन्छ ? कस्ता कुरा गर्न सकिन्छ ?
मलाई लाग्छ– सिस्टम बसाल्न सिस्टमकै लागि काम गर्नुपर्छ । वामपन्थीहरुका लागि बङ्गाल किन बाँकी रहेन र केरला किन बाँकी रह्यो भन्दा केरला लचकदार पनि छ । केरलाले सबै कुरालाई संस्थागत गर्यो । त्यहाँ १९५६ यता हेर्नुभयो भने, त्यहाँ यूडीएफ र एलडीएफ भन्ने सत्ता भागवण्डा गरिरहन्छन् । यूडीएफ र एलडीएपफमा असमानता छन्, कम्तीमा एउटा फोकल प्वाइन्टमा यहाँनिर हामी एडजस्ट गरौँ, यसलाई मानौं भन्ने कुरामा सहमति हुनेगर्छ ।
अघि कृष्ण सरले जुन कुरा राख्नुभयो, मेरो विचारमा पार्टी हुनका लागि त्यसले कहीँ न कहीँ कुरा त गर्नुपर्यो । विस्तारै विस्तारै पार्टीमा लडेर आएका मान्छेहरु त किनारा लागे । अहिलेसम्म पार्टीमा नलाग्ने मान्छे पनि छन् । कांग्रेसभित्रै पनि कृष्ण खनाल आउट, विनोद चौधरी इन ! यो त भयो नि ! एमालेभित्र त कुरै नगरौँ । दुगडलाई ओलीले सल्लाहकार बनाएकै छन् ! भनेपछि भोलि प्रधानमन्त्री नै भए भने पनि ट्रम्प आउनु र विनोद चौधरी आउनुमा के फरक छ र ? ट्रम्प पनि व्यापारी त हो । त्यसकारण सिस्टम कसरी बसाल्ने वा व्यवस्थित बनाउने भन्नेबारेमा गहन छलफल जरूरी छ । छलफल र बहस नभई आधारभूत परिवर्तन सम्भव हुँदैन । यतिबेला त्यस्तो चेन्ज गर्नसक्ने कि नसक्ने भन्ने एउटा मौका आएको छ ।
त्यो मौका भनेको घनश्याम भुसालजी जस्ता छन् नि ! ठूलठूला सिद्धान्तका भाते कुरा गर्यो तर त्यही टाँसिइरहेको छ जुको जस्तो । निकालिदियो भने मात्रै बाहिर निस्कने, नत्र ननिस्कने । अव यस्ता कुराले धान्छ जस्तो लग्दैन । अब त सीधा सीधा भन्न सक्नुपर्यो – तिमीबाट काम चल्दैन, हुँदैन । तिमीहरुबाट देशको यो नेतृत्व हुनै सक्दैन भन्न सक्नुपर्यो र बाहिर निस्कन सक्नुपर्यो । बाहिर निस्केर केही गरे भने हुने हो । नत्रभने हामीले जतिसुकै ठटाए पनि केही हुनेवाला छैन । हामीले इजिप्टबाट पनि सिक्न जरुरी छ । अरब क्रान्तिका दस वर्ष कसरी असफल भयो भनेर हेर्नुपर्यो । उनीहरुको वर्णन के छ भने पार्टी भएन, सङ्गठन भएन । हचुवाको भरमा क्रान्ति भैगो ! भन्नाले, मोबाइल, फेसबुक र युट्युबका भरमा आउ भनेर आयो । तर जनता सङ्गठित त थिएनन । त्यसलाई अर्काले प्राप्त भएको उपलब्धिलाई अर्काले टिपेर लग्यो, जो सङ्गठित थियो । त्यो सङ्गठित शक्ति आर्मी नै थियो, त्यसले लिएर गयो ।
हामीकहाँ यस्तो अनुत्तरदायी राजनीतिक पार्टीहरु भएको बेला अर्को केही उपाय छैन तर छोड्न कोही पनि तयार छैन । अहिलेसम्म तपाईंले सुन्नुभएको छ, प्रचण्ड वा माधव नेपालले छोड्छु भनेको ? त्यसपछि यता आएर देउवालाई कसैले छोडन सक्छन् ? चोलेन्द्र शमशेरले लिएन भने मेरा हातमा आउँछ भनेर पर्खेर बसेका छन् शेरबहादुर । अनि यीबाट परिवर्तन हुन्छ ? अनि ती चाहिँ लोकतन्त्रवादी ? धैर्यधारण मात्र नगरी बसैँ । पर्खीदा पखर्दै अर्काले खानसक्छ।
यसलाई परिवर्तन गर्ने उपाय भनेकै गुफाबाट निस्क बाहिर, आन्दोलनमा आऊ र त्यसको नेतृत्व गर भन्ने हो । तिमीबाट काम चल्दैन, हामी नयाँ कुरा लिएर जान्छौँ भन्ने हो । त्यसे भन्न पनि प्रोग्राम चाहिन्छ । जस्तो प्रतिनिधिसभा पुनःस्थापित भयो । प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदेउ भने । अनि देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ?
यसलाई परिवर्तन गर्ने उपाय भनेकै गुफाबाट निस्क बाहिर, आन्दोलनमा आऊ र त्यसको नेतृत्व गर भन्ने हो । तिमीबाट काम चल्दैन, हामी नयाँ कुरा लिएर जान्छौँ भन्ने हो । त्यसे भन्न पनि प्रोग्राम चाहिन्छ । जस्तो प्रतिनिधिसभा पुनःस्थापित भयो । प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदेउ भने । अनि देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ? हामीले २०५९ सालमा देखेको होइन – किस्तीमा हालेर शेरबहादुरले लगेर प्रजातन्त्र बुझाएको ? अब फेरि किस्तीमा हालेर बुझाउनलाई दिने ? यस्तो लबस्तरो कुरा गर्न पाइन्छ ? त्यसकारण सीधासीधा कुरा के हो भने, पोलिटिकल अर्गनाइजेसनभित्र रहेका आफूलाई जाम्बाज र बहादुर ठान्नेहरुले बाहिर निस्कनुपर्यो । उनीहरुले भन्नुपर्यो– हामी तिम्रो यो कुराको पक्षमा छैनौँ । प्रतिनिधिसभा पुनःस्थापित भएपछि के हुन्छ त ? समाजमा केही परिवर्तन आउँछ ? संगठनभित्रका जाम्बाज र बहादुरहरु बाहिर निस्किएर नेतृत्व नगरेसम्म केही हुनेवाला छैन । बल राजनीतिज्ञहरूकै हातमा छ । बाहिर निस्क भनेर आह्वान गरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी
-
रक्सी पिएपछि किन ‘ब्ल्याकआउट’ हुन्छ मानिस, मस्तिष्कमा कस्तो असर गर्छ ?
-
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
-
१० महिनामा ९ लाख ४० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण
-
शरीरमा देखिने यी ८ लक्षण हुन् खतराको घण्टी
-
वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ