शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

बुधबार, १९ फागुन २०७७, १५ : ४३
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेता तथा पार्टी स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो । 

बैठकपछि नेता भीम रावलले नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको जानकारी दिए ।  यस्तै बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ भने  केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको रावलले जानकारी दिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप