बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकः ओलीको अभिव्यक्तिको भर्त्सना, प्रचण्डको बचाउ

बुधबार, १९ फागुन २०७७, १५ : ५०
बुधबार, १९ फागुन २०७७

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तवार्ताका क्रममा दिएको अभिव्यक्तिको बचाउ गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको भने आलोचना गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड नेपाल पक्षको बैठकपछि नेता भीम रावलले ओलीले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण रहेको बैठकले ठहर गरेको बताए । पोखरामा आयोजित पार्टीको कार्यक्रममा ओलीले आफ्नो ज्यानको खतरा रहेको भन्दै आफ्नो हत्या भइहाले अनौठो नमाने हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । 

यस्तै केहीदिन अघि प्रचण्डले टेलिभिजन अन्तरवार्ताका क्रममा दिएको अभिव्यक्तिलाई भने तोडमोड गरेर प्रचार गरिएको ठहर गरेको छ । बैठकमा प्रचण्डले आफूहरुले भारत–चीन बीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ भन्ने आशयमा दिएको अभिव्यक्तिलाई तोडमोड गरेर प्रचार गर्ने काम भएको बैठकमा बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप