बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल समूहद्वारा सुवास नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने निर्णय

बुधबार, १९ फागुन २०७७, १४ : ४१
बुधबार, १९ फागुन २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ । 
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले  नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । 

बैठकले शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ । यसअघि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप