शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आधिकारिकताका लागि निर्वाचन आयोगलाई दवाव दिने प्रचण्ड–नेपाल समूहको निर्णय

बुधबार, १९ फागुन २०७७, १५ : ३४
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई दवाव दिने भएको छ । आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि लामो समयसम्म निर्णय नगरिएको भन्दै सो समूहले आयोगलाई पुनः पत्राचार गर्नुका साथै आवश्यक सबै शक्ति लगाएर आयोगलाई दवाव दिने निर्णय गरेको हो । 

बैठकपछि नेता भीम रावलले विवादलाई निरुपण गर्न आफूहरुले आयोगमा निवेदन दिएपनि सम्बोधन नभएकाले फेरि पत्राचारका साथै दवाव दिने निर्णय भएको जानकारी दिए । आफूहरुको पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको र सबै प्रक्रिया पुरा गरेकाले आयोगले आधिकारिकता दिन ढिला गर्न नहुने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप