राजपालाई बल्ल लाग्यो चुनाव : मधेश भवनमा टिकट लिनेको लाइन
काठमाडौँ – राजधानीमा अहिले दुई प्रकारको टिकटको व्यापक चर्चा छ । एउटा दशैँमा घर जान बस वा हवाई जहाजको टिकट र अर्को चुनाव लड्ने टिकट ।
तर संयोग यी दुई प्रकारको टिकट पाउन धेरै मुस्किल छ । दशैंका लागि बसको टिकट बुकिङ्ग औपचारिकरुपमा खुलेको छैन तर टिकटको अभाव देखाउन थालिएको छ भने विमानको बुकिङ ९० प्रतिशत काटिसकेको छ । त्यस्तै, यता असोज २ गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारहरु मधेशदेखि काठमाडौँसम्म दौडधुपमा लागेका छन् तर अझै टिकट सुनिश्चित हुन सकेको छैन ।
त्यस्तो टिकटको लाइन राजपा नेपालको बबरमहिलस्थित मधेश भवन (कार्यालयमा) देख्न सकिन्छ । दुई दिनअघिसम्म सुनसान रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालय आजदेखि भरिभराऊ छन् ।
यो पनि पढ्नुहोस्
तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म
एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित
२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित
मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति
मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन
मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा
बबरमहलस्थित नयाँ शक्ति नेपालको पार्टी कार्यालयसँगै रहेको राजपा नेपालको कार्यलयमा उम्मेदवारका लागि टिकटका आकाँक्षीहरु जिल्लाबाट आएका छन् । पार्टी कार्यालयमा गाडी राख्ने ठाउँ नभएर जताततै राखिएका छन् ।
त्यसमा धेरैजसो गाडी भारतीय नम्बर प्लेटको रहेको छ । टिकटको चाहना बोकी काठमाडौँ आएका अधिकाँश नेताहरु आ–आफ्नै भाडाका गाडी लिएर आएका छन् । आफूसँग टिकटका लागि दवाव दिलाउने अन्य कार्यकर्ता र नेतालाई पनि साथमा ल्याएका छन् ।
पार्टी कार्यालयको परिसरमा कार्यकर्ताको यस्तो भीड छ कि त्यहाँ बस्ने ठाउँ पनि छैन । दुई नम्बर प्रदेशमा रहेका एक सय ३६ स्थानीय तहका लागि १५ सयदेखि दुई हजार जनाले उम्मेदवारका लागि टिकटको दाबी गरिएका छन् ।
सबै आकाँक्षीहरु यति खेर काठमाडौमा आएर पार्टी कार्यालयमा डेरा जमाएर बसेका छन् । जनकपुर उपमहानगरपालिकाका लागि मेयरका उम्मेदवार शिवशंकर साह पार्टी कार्यालयमा आफ्ना दलबलका साथ टिकट पाउनका लागि दबाब दिइरहेका छन् ।
उनले टिकट पाउने आशामा हिजैदेखि काठमाडौमा आएर पार्टी कार्यालयमा बसेका छन् । उनीसँगै सो मेयर पदमा उम्मेदवारीको आकाँक्षीहरु लालकिशोर साह, प्रमेश्वर साह र अमर पजियाँर पनि पार्टी कार्यालयमा बसिरहेका छन् । यी चारैजना उपमहानगरपालिकाका लागि मेयर पदमा उम्मेदवारी दिने भनि टिकटका लागि दावी गर्दै पार्टी अध्यक्ष मण्डललाई दबाब दिइरहेका छन् ।
शिवशंकर साह जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । उनी भन्छन्, लालकिशोर साहको यसअघि जमानत जफ्त भएको थियो, त्यसैले टिकट मैले पाउनु पर्छ ।’
उनी जस्ता धेरै उम्मेदवारीका लागि टिकटको दावी गर्ने पार्टी कार्यालयमा आफ्ना दावीहरु प्रस्तुत गरिरहेका छन् । जिल्लाबाट नाम सिफारिस भएर आएका नेताहरुमध्ये कसैले पनि आफू हार्ने भनिरहेका छैनन्, सबैले आफूले नै दावी गरिरहेका छन् ।
प्रदेश नम्बर दुईमा रहेका आठ जिल्लामध्ये छवटा जिल्लाको प्रतिवेदन केन्द्रमा आइसकेको छ । ती प्रतिवेदनमा माथि अध्यक्ष मण्डलले छलफल गरिरहेका छन् । सिरहा र सप्तरीबाट प्रतिवेदन आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना