बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदार नेतृत्वको तत्कालीन फोरमका ११ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

शुक्रबार, २३ फागुन २०७६, १८ : ०३
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले  विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । शुक्रबार सभापति देउवाले सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हुन् । 

तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान काँग्रेस उपसभापति  गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम देउवद्वारा ११ केन्द्रीय सदस्यको मनोनित गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।


केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी  सिराहाका नसिर सिद्धिकी , झापाका भारतेन्दुकुमार मल्लिक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाका मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपान, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकी कल्पना चौधरी, र मोरङका पवनकुमार सारडा रहेको छ ।

११ जनामध्ये रामजनम, गोपाल, नसिर र हरिप्रसाद तत्कालीन फोरमका उपाध्यक्ष थिए । त्यस्तै योगेन्द्र, र भारदेन्दुकुमार महामन्त्री थिए । बाँकी सबै केन्द्रीय सदस्य थिए।

२०७४ असोज २९ गते काँग्रेसमा विलय हुँदा भएको सहमतिअनुसार फोरमलाई केन्द्रमा उपसभापतिका साथै ११ केन्द्रीय सदस्य दिने सहमति भएकाे थियो ।

गच्छदार २०७५ कात्तिक २० गते काँग्रेस उपसभापतिमा मनोनित भएका थिए भने ०६७ असोजमा उनलाई ११ जना केन्द्रीय सदस्यको नाम पठाउन भनिएको थियो । उनले आज नाम पठाएपछि देउवाले मनोनयन गरेका हुन् । याेसँगै काँग्रेसको केन्द्रीय समितिमा पदाधिकारीसहित निर्वाचित ८५ जना, मनोनित ८ जना, थप ५ जना शनिबार मनोनित सोमबार ८ जना मनोनित आमन्त्रित सदस्यसहित अब काँग्रेसको केन्द्रीय समितिको आकार बढेर १ सय १८ सदस्यीय कार्यसमिति बन्न पुगेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप