बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाद्वारा काँग्रेस प्रवेश गरेका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित, पार्टीको जेष्ठ राजनीतिज्ञ सभा गठन

सोमबार, १९ फागुन २०७६, १९ : ५८
सोमबार, १९ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियमति कार्यकालको अन्तिम दिन ८ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुको साथै पार्टीको जेष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेका छन् ।  आजै मात्र देउवाले पार्टीका ७ वटा केन्द्रीय विभागको प्रमुख तोकेका थिए ।


विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र उक्त राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेलाई पार्टीको विधानको धारा ४ (१०) (ग) र (ङ) बमोजिम केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनित गरको हुन् ।

पार्टीको विधान बमोजिम कुनै पनि राजनीतिक दलबाट दल त्याग गरी कांग्रेस प्रवेश गर्ने सदस्यलाई उसको पुरानो हैसियत अनुसारको पद दिन सक्ने व्यवस्था रहेको छ। पार्टी विधानकाे परिच्छेद (२) काे सदस्यता सम्बन्धी व्यवस्थाकाे धारा ४ काे उपधारा (१०) काे खण्ड (ग) र (ङ) मा भनिएकाे छः

देउवाले सर्लाही  जंगीलाल राय र  कर्णबहादुर बुढालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । यस्तै कैलालीका मोहनसिंह राठौर सर्लाहीका शम्भुलाल श्रेष्ठ, कपिलवस्तुका अभिषेख प्रताप शाह,  लम्जुङ्गका दयाराम पाण्डे, डडेल्धुराका जनकराज कलौनी, स्याङ्जाका भूमिबहादुर गुरुङलाई  आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित गरका छन् ।

देउवाले अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट सिफारिस गरिए अनुसार मनोनयन गरेका जनाएको छ ।

काँग्रेसको केन्द्रीय समितिमा पदाधिकारीसहित निर्वाचित ८५ जना,  मनोनित ८ जना थप ५ जना शनिबार मनोनित तथा आज ८ जना नयाँ मनोनित आमन्त्रित सदस्यसहित अब काँग्रेसको केन्द्रीय समितिको आकार बढेर १ सय १८ सदस्यीय कार्यसमिति बन्न पुगे देखिएको छ ।

जसमा अझै फोरम लोकतान्त्रिकका ११ तथा एक दलित सदस्यको मनोनयन भएमा ११८ सदस्यीय समिति हुने छ। 

कलौनी माओवादी केन्द्रबाट छोडेर काँग्रेस प्रवेश गरेका थिए भने जंगीलाल रायले राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी काँग्रेसमा आएका थिए । पूर्वमन्त्री समेत रहेका तत्कालीन एमाले नेता राठौर गएको आम निर्वाचनमा काँग्रेस प्रवेश गरेका थिए ।

सिंह पनि आम निर्वाचनको मुखमा उपेन्द्र यादव नेतृत्वको तत्काली संघीय समाजवादी फोरम छोडर काँग्रेस प्रवेश गरेका थिए । राज्य मन्त्री समेत रहेका श्रेष्ठले पनि आा निर्वाचन कै मुखमा तत्कालीन माओवादी केन्द्र परित्याग काँग्रेस प्रवेश गरका थिए । पाण्डे आफु नेतृत्वको अखण्ड नेपाल पार्टी समानान्तरसहति काँग्रेसमा प्रवेश गरेका थिए । 

गुरुङ तत्कालीन नयाँ शक्ति नेपालबाट काँग्रेसमा प्रवेश गरे थिए । डोल्पा बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्त परित्याग गरी सिंगो राप्रपाको डोल्ला जिल्ला कार्यसमिति सहति केही महिना अघि काँग्रेसमा आएका थिए ।  

 यस्तै कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम देउवाले पार्टीका ३० जना अगुवा राजनीतिककर्मीलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन  गरेका छन् । 

यो काँग्रेसको नयाँ विधान र नियमावली बमोजिम तयार गरिएको संरचनामा हाे । यसअघि यो संरचना थिएन । काँग्रेसको सक्रिय राजनीतिबाट बाहिरिएका पार्टीका पुराना नेताहरुको सम्मान र पार्टी संचालनमा उनीको सुझाव लिने उद्देश्यले  जेष्ठ राजनीतिज्ञ सभा गठन गरिएको हो ।

यी हुन् जेष्ठ राजनीतिज्ञ सभाका ३० जना सदस्य

१) ढुण्डीराज शास्त्री (अर्घाखाची)
२) सूयमान गुरुङ (ताप्लेजुङ)
३) पूर्णानन्द शर्मा (झापा)
४)  तेजमान तुम्वाहाम्फे (तेह्रथुम)
५)  छविकुमार शर्मा (दाङ्ग)
६)  देवीध्वज बस्नेत (सोलुखुम्वु)
७) डिल्लीप्रसाद सिटौला (झापा)
८) हरिशंकर मिश्र (महोत्तरी)
९) राजेन्द्र खरेल (काभ्रे)
१०)  खेमराज पौडेल (कास्की)
११) वावुराम पुरी (चितवन)
१२) सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
१३) देवेन्द्रप्रसाद उपाध्याय (चितवन)
१४) भरतप्रसाद उप्रेती (धादिङ्ग)
१५) तोपमान गुरुङ्ग (चितवन)
१६) रामचन्द्र सिं (महोत्तरी)
१७) कृष्णबहादुर जोशी (पर्वत)
१८) चन्द्रप्रसाद न्यौपाने (गोरखा)
१९) लाल हमाल (जुम्ला)
२०) तारापति सुवेदी (स्याङ्जा)
२१) लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग)
२२) तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्गं)
२३) सूर्यदत्त जोशी (रुपन्देही)
२४) भगवती सिंह (रुपन्देही)
२५) केदार ढकाल (झापा–मेचीनगर)
२६) अन्तराम भट्ट (कञ्चनपुर)
२७) मदन चन्द (कञ्चनपुर)
२८ ) केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु)
२९) प्रमेश न्यौपाने (झापा)
३०) अजितनारायण सिंह थापा (धनकुटा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप