मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रानू मण्डलको चर्चाबारे लता मंगेशकर भन्छिन्, ‘नक्कल गरेर सधैंका लागि चर्चित हुन सकिँदैन’

बुधबार, १८ भदौ २०७६, ०८ : ३०
बुधबार, १८ भदौ २०७६

लता मंगेशकर भारतमा मात्रै नभई नेपालमा पनि अत्यधिक चर्चित छिन् । गायनमा रुची हुने महिला लता मंगेशकरले झैं कोकिल स्वरमा गीत गाउन लालायित हुन्छन् । तर सबैजना लता मंगेशकर हुन कहाँ सक्छन् र ? केही समयदेखि सोसल मिडियामा रानू मण्डलको अत्यधिक चर्चा छ । रानूले लताको स्वर रहेको गीत ‘एक प्यारका नगमा हे’ गाएको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि रातारात सेन्सेसन बनेकी थिइन् ।

उनको श्वरमा हिमेश रेशमियाले गीतसमेत रेकर्ड गराए । उनको यस्तो कदमको अत्यधिक प्रशंसा गरियो । यससँगै फैलिए अफवाह पनि ।

सलमान खानले उनलाई ५५ लाखको फ्ल्याट उपहारस्वरुप र दबंगथ्रीमा गाउने मौका दिएको भन्ने खबर आयो । सलमानले त्यस्तो केही पनि नगरिएको स्पष्टिकरण नै दिए ।

जब हिन्दुस्तान टाइम्सले लतासँग रानू मण्डलको चर्चा बारे कुराकानी गर्‍यो तब उनी खुसी नै भइन् तर केही शर्तमा । ‘यदि मेरो नाम र कामले कसैलाई राम्रो भइरहेको छ भने म आफूले आफैंलाई निकै भाग्यमानी ठान्छु ।’


‘तर मलाई यो पनि लाग्छ कि नक्कल गरेर धेरै समयका लागि चर्चित हुन सकिँदैन । मेरो, किशोर कुमारको, मोहम्मद रफी, मुकेश र आशा भोषलेका गीत गाएर उदीयमान गायक–गायिकाले केही समयका लागि चर्चा त पाउलान् तर यो सधैंका लागि रहँदैन,’ लता मंगेशकरले भनिन् ।

टेलिभिजनमा प्रशारण हुने म्युजिक शोमा आउने प्रतिभा देखेर उनी खुसी हुन्छिन् । ‘कतिले मेरो गीत निकै राम्रोसँग गाउनुहुन्छ । तर केही समयका लागि चर्चामा रहेका उनीहरुलाई अहिले कतिजनाले चिन्छन् ? मलाई त सुनिधी चौहान र श्रेया घोसाल मात्र थाहा छ ।’

गायक गायिका हुन चाहनेका लागि लताले मौलिक हुन सल्लाह दिन्छिन् । ‘ओरिजिनल हुनुहोस् । मैले र मेरा साथीहरुले गाएका सदाबहार गीत पनि गाउनुहोस् तर केही निश्चित समयपछि एक गायक गायिकाले आफ्नै गीत निकाल्नैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप