शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रानाघाट रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई ७ लाख अफर

बुधबार, ११ भदौ २०७६, ०८ : ५१
बुधबार, ११ भदौ २०७६

पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई फिल्ममा गीत गाउने अवसर मिलेको छ । जम्याटोको डेलिभरी ब्वाइले खिचेको भिडियोको कारण चर्चित बनेकी रानूको जीवन उक्त भिडियोले बदलिदिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको भिडियोमा सुनिएको उनको जादूमय स्वरले धेरैको ध्यान तानेको थियो ।

उनको स्वर सुनेरै हिमेशको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ मा ‘तेरी मेरी कहानी’ बोलको गीत गाउने अवसर दिइएको छ ।

रिपोर्टका अनुसार रानूलाई गीत गाएवापत ६ देखि ७ लाख भारतीय रुपियाँ अफर गरिएको छ । सुरुमा पैसा नदिने बताइएको थियो तर अहिले हिमेश उनलाई पैसा दिने निर्णयमा पुगेका छन् ।
रानूका थुप्रै भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

यसैबीच, हिमेश रेशमियाले उनलाई बलिउडकै राम्रो गायिका बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप