रानू मण्डलबारे चर्चा बटुलिरहेका यी खबर हुन् झुटा

रानाघाट स्टेशनको कुनामा बसेर गीत गाउने रानू मण्डल आज सोसल मिडियाको सेन्सेशन बनिसकेकी छिन् । लता मंगेशकरको गीत गाइरहेको रानूको एउटा भिडियो यसरी भाइरल भयो कि उनी रातारात स्टार बनिन् । रानूको आवाजको जादु यतिमा मात्रै सिमित भएन उनलाई बलिउडका संगीत निर्देशक हिमेश रेशमियाले बिलउडमा डेब्यूको मौका पनि दिए । रानूले हिमेशको फिल्मको एउटा मात्रै नभई दुई दुईवटा गीत गाइसकेकी छिन् । यी खबर बीच रानूबारे विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । तीमध्ये एक सलमान खानसँग पनि जोडिएको छ । केही मिडिया रिपोर्टले सलमानले रानू मण्डललाई ५५ लाखको फ्ल्याट उपहारस्वरुप दिएको दाबी गरिरहेका छन् ।
बलिउडका दबंग अर्थात् सलमान खान रानूसँग यति प्रभावित भएका थिए कि उनले रानूलाई महँगो फ्ल्याट उपहारमा दिएको बताइएको थियो । यद्यपि, यी खबरको कुनै आधार नभएको भारतीय मिडियाले दाबी गरिरहेका छन् । सलमान र रानू मण्डलको सम्बन्धबारे पनि निकै चर्चा चल्यो । तर हालै प्रकाशित विभिन्न रिपोर्टले यो खबरलाई झुटो बताइरहेका छन् ।
यस्तै, रानूले १५ लाखको कार खरिद गरेको पनि चर्चा थियो । साथै, रानूले बिग बसको अफर पनि पाएको खबर सुन्नमा आएको थियो । यी खबर पनि झुटो भएको विभिन्न रिपोर्टले बताएका छन् । यहाँसम्म कि उनको पारिश्रमिकसँग जोडिएका खबर पनि झुटो बताइएको छ । यद्यपि, रानूका आफन्तका अनुसार हिमेश रेशमियाले रानूको अत्यधिक मद्दत गरेका छन् ।
तर यसमा कुनै शंका छैन कि अत्यधिक गरिबीसँग जुधिरहेकी रानू अब स्टार बनिसकेकी छिन् । उनको चर्चा रातारात भएपनि त्यो उनको क्षमताका कारण सम्भव भएको हो । भिख मागेर पेट पाल्ने रानूको शक्ति उनको क्षमता बन्यो । उनलाई देखेर हिमेश रेशमियाले पनि भनेका छन्, ‘रानू मण्डललाई अब सुपर स्टार बन्नबाट कसैले पनि रोक्न सक्दैनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?